काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निकाय, संसद् र सङ्घीय प्रदेशसभाको निर्वाचन भई संविधान सहजरुपमा कार्यान्वयन भएमा आफ्नो जिम्मेवारी पूरा हुने बताएकी छिन्। विहिबार राष्ट्रपति भवनमा पत्रकारहरुसँगको भेटमा भण्डारीले प्राकृतिक स्रोतसाधन, भौगोलिक र सामाजिक विविधताले भरिपूर्ण नेपालमा विकासको प्रचूर सम्भाव्यता रहेको बताइन्। ‘देशमा शान्ति र राजनीतिक स्थायित्व कायम गरेर जलस्रोत, कृषि, पर्यटन र वनक्षेत्रका माध्यमबाट समृद्धिको मार्ग खोज्नुपर्छ’, राष्ट्रपतिको भनाई थियो। जिम्मेवार राजनीतिलाई विकाससँग जोडेर अघि बढनुपर्ने उनको भनाइ थियो। परनिर्भरतालाई अन्त्य गर्ने क्रममा अहिले देखिएका अस्थायी समस्या केही समयपछि हटेर जाने उनको विश्वास थियो। ‘राज्य ठूलो होस् वा सानो होस् राष्ट्र र लोकतन्त्रको एउटै परिभाषा हुन्छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधता भएको सङ्घीयता हुनुपर्छ भन्नेबारेमा आवश्यक छलफल र गृहकार्य नपुग्दा अहिलेको समस्या देखापरेको हो।’ संविधानमा नपुग भएका विषयवस्तु संशोधन प्रक्रियाबाट समाधन खोज्नुपर्ने उनले बताइन्। मुलुकमा देखिएका समस्या समाधानको प्रयासमा सरकार लागिपरेको भण्डारीले बताइन्। राष्ट्रपति भण्डारीले संविधानको पालक र संरक्षकका हैसियतले संविधानले दिएको जिम्मेवारी अनुरुप राष्ट्रियताको सम्वद्र्धनमा आफूले काम गरिरहेको उल्लेख गरे। रासस
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

