नेपालमा चरा अवलोकनले पर्यटकीय क्षेत्रको लागि ठूलो सम्भावना

- रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला ,काभ्रे


विश्वमा सन् २०१० को आँकडा अनुसार  ११ हजार ३३ प्रजातिका चराहरू पाइन्छन् । सन् २०१७ मा प्रकाशित ‘नेपाल्स नेशनल रेडलिष्ट अफ बर्डस’ मा भने नेपालमा जम्मा ८७८ प्रजातिका चरा पाइएको जानकारी छ । जुन संसारको ९ प्रतिशत हुन्छ । भौगोलिक विविधता भएको नेपालमा अनेक खालका जातजातिका चरा पाइन्छन् । समुद्र सतहको ७० मीटर उँचाइदेखि संसारकै सबैभन्दा बढी उँचाइ सगरमाथा ८८४८ मीटरसम्ममा पाइने चराचुरुगीहरूले धेरै विविधता बोकेका छन् । नेपालको राष्ट्रिय चरो डाँफे हो ।नेपालमा पाइने केही प्रचलित चराहरू काँडे भ्याकुर, कोकलसारा, काठ फोरुवा, लामपुच्छ्र्रे चरा, बकुल्ला, लाटोकोसेरो, मैनाचरी, काग, कोइली, चील, परेवा, बाज, चिबे, तित्रा, कोकले, च्याखुरा, प्याउँरा, मयुर, सारस, कालिज, गिद्ध, डाँफे, फिस्टो, मुनाल, सुगा, कुखुरा, चमेरो, ढुकुर, बट्टाइ, हाँस र हलेसो हुन् । काँडे भ्याकुर नेपालको पहाडी भेग पाइने चरा हो । यो नेपालमा मात्र पाइने चरा हो ।

अचम्म यो छ कि भ्याकुर र तोरीगाँडा प्रजातिका चरा सल्लाह गरेर बच्चा कोरल्छन् । यिनीहरू वयस्क भएपछि बथानमा बस्ने  सल्लाहमा ओथारो बस्छन् । यी चराहरु प्राय: वयस्कले आमा बाबु, काका काकीलाई बच्चा कोरल्न सहयोग गर्छन् । ४ जना पोथी तयार भएपछि ४ जना भाले पनि सम्भोग गर्न र बच्चा हुर्काउन तयार हुन्छन् ।यी चरा तराईदेखि हिमालसम्मै पाइने र १४ वटासम्मको बथानमा बस्छन् । करिब महिना दिन ओथारो बसेपछि बच्चा हुर्काउने गर्दछ । नेपालमा अहिलेसम्म पाइएका ८ सय ८६ प्रजातिमध्ये यी प्रजातिका चराको संख्या सबैभन्दा बढी यिनीहरु रहेको तथ्यांकले देखाउछ । नेपालमा पाइने चरामा यिनीहरूको संख्या १० प्रतिशत छ । अरू चरामा बचेरा कोरल्दा यस्तो स्वभाव पाइँदैन । यो चराहरु पनि बिस्तारै कम हुदै गयको अनुमान गरेको छ ।  काठमाडौँ उपत्यकामा ललितपुरको चापागाउँ वज्रवाराही जङ्गल आसपास र काठमाडौँ पश्चिमभेगस्थित दहचोकको जङ्गल आसपासमा  दुर्लभ चरा काँडेभ्याकुर पाइन्छ ।

विश्वसँग तुलना गर्दा नेपालको चराको प्रजातिलाई कुल चराको प्रजातिको आठ प्रतिशत हुन आउँछ, जुन भूभागको आधारमा निकै धेरै हो ।नेपालमा यति धेरै प्रजातिका चराहरू पाउनका प्रमुख कारणहरू भनेको  नेपालको भूभौगोलिक अवस्था, छोटो दूरीको उँचाइमा भएको अत्यधिक भिन्नता र  विषम जलवायुको परिस्थिति हुन्  ।नेपालमा सन् १८९३ मा कर्नेल जे कर्क प्याट्रीकले नेपाली चरा बारे सही तथ्य विस्व सामु ल्याएका थिए । हामीले यो कुरा पनि भुल्नु हुदैन सन् बेलायती दुत ब्राइड हड्सनले

नेपालमा चरा अवलोकनले पर्यटकीय क्षेत्रको लागि ठूलो सम्भावना बोकेको छ । पोखरामा आउने आधाभन्दा बढी पर्यटक प्राकृतिक सुन्दरतासँगै चराचुरुगी अवलोकन गर्न आउँछन् । छोटो बसाइमा आउनेपर्यटकलाई केही हद सम्म बसाइ लम्ब्याएका पनि छन् । जसले गर्दा पर्यटन प्रवद्र्धनमा थाहै नपाइकन टेवा पुगेको छ ।अन्नपूर्ण संरक्षण क्षेत्रको पद यात्रामा जलमा चरा हेर्न पर्यटकका लागि आकर्षण बन्दै आएको छ । चरा अवलोकनकै सम्भावनालाई हेरेरफेवातालपारि रानीवन क्षेत्रमा चिडियाखानासमेत निर्माण गर्न लागिएको छ । बाह्य ‘बर्ड वाचर’ पर्यटक नेपालमा चरा हेर्नैकै लागि भनेर पनि आउने गर्छन् । आन्तरिक पर्यटकमा पनि चरा अवलोकनप्रतिको रुचि प्रतिदिन बढ्दो छ । सफारी पर्यटनको आधारभूत कार्यक्रममा चरा अवलोकन राखिएकै हुन्छ भने सो चरा अवलोकनलाई बाह्य तथा आन्तरिक पर्यटकले रमाइलो तथा आनन्ददायक मान्ने गरेका छन् । चरा अवलोकनबाट प्राप्त अनुभव उनीहरूसँगै देश–विदेशमा समेत छरिने प्रचारप्रसारको अप्रत्यक्ष फाइदाले पनि चरा अवलोकनबाट पर्यटनको प्रवद्र्धन भइरहेको छ ।२३ बर्षमा ९ हजार ५ सय चराहरुको संकलन गरेका थिए ।

नेपाल चरा चुरुङ्गिको लागि स्वर्ग हो । चराचुरुंगीको  अस्तित्व, संरक्षण र संवद्र्धनका लागि सबै पक्षबाट चरामैत्री वातावरणको सिर्जना आजको खाँचो छ। चराहरुको बाससस्थान भनेकै बन जंगल भएको हुनाले बन जंगल जोगाउनु पर्दछ तसर्थ स्थलगत मौसम तथा वातावरणका आधारमा आउने चराका प्रजाति, तिनले मन पराउने तथा गुँड बनाउने खालका रूखबिरुवा, घाँसे मैदान, झाँडी, बुट्यान आदिको पहिचान गरी वृक्षरोपण गरिनु आवश्यक छ । यसबाट चराको वासस्थानमा वृद्धिको लागि चराबारे जनचेतना जगाउनु पर्दछ । चराको प्रजनन केन्द्र स्थापना गर्नु पर्दछ जसले गर्दा चरा अवलोकनसमेत फस्टाउँछ । साथै चरा अवलोकन पथप्रदर्शकको रोजगारीमा वृद्धि तथा पर्यटन क्षेत्र नै थप आयमूलक बन्छ । नेपालमा बिभिन्न चरा चुरुंगीहरु संग धार्मिक तथा सांस्कृतिक सम्बन्ध पनि जोडेको हुन्छ ति कुराहरु पर्यटक को लागि रोचक हुन सक्छ । लोक बिस्वास र हाम्रा लोक श्रुति परम्पराहरु पनि जिउँदो हुन्छ त्यसैले नेपालमा चरा अवलोकनले पर्यटकीय क्षेत्रको लागि ठूलो सम्भावना रहेको कुरा कसैले पनि नकार्न सक्दैन ।

यसमा तपाइको मत