
यी दुई तस्बिरहरु सन् १९७९ मा Newar art (Nepalese art during the malla period) भन्ने पुस्तकमा छपिएका हुन् । उक्त पुस्तक ARIS AND PHILLPS LTD , Warminster , England ले प्रकाशन गरेका हुन् । यसका लेखक A.W.Macdonald र Anne Vergati Stahl ले संयुक्त रुपमा लेखेका हुन् । भगवतीको मन्दिरको फाेटाे The ordering of space in time भन्ने शिर्षकको पेज नं.५२मा छापिएको छ भने महादेवको फोटाे The newar pantheon भन्ने लेखको पेज नं.५७ मा छापिएका छन् । महादेवको मुर्तिलाई सत्रौं शताब्दीको र भगवती मन्दिरलाई सन् १६४६ मा बनेको उल्लेख गरिएको छ ।

हामी नालाबासिहरुले पनि विभिन्न स्थानमा फेला पारेका तथ्यहरुलाई प्रकाश पार्दै लैजानु पर्दछ । पुरानो चाेरिएकाे लक्ष्मीकाे फाेटाे छ भने प्रकाश पार्नु जरुरी देखिन्छ । अाफ्नाे घरमा भएको ठ्याससफु छ भने प्रकाश पार्दै लैजाने हाे भने सत्य तथ्य ईतिहास पत्ता लाग्दछ।



