बनेपा नालामा पर्यटकिय ताल निर्माणको लागि बजेट विनियोजन


बनेपा । बनेपा नगरपालिका वडा नं. २ मा रहेको जलजले पर्यटकिय ताल निर्माणको लागि बजेट विनियोजन गरिएको छ । वागमति प्रदेश सभामार्फत रु. ९ करोड ७ लाख ७० हजार रकम विनियोजन भएको प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले जानकारी दिनुभएको हो ।
काभ्रेको बनेपामा रहेको एकमात्र पर्यटकिय ताल निर्माणको लागि प्रदेश सभाबाट बजेट विनियोज हुदा स्थानियहरुमा खुसीयाली देखिएको छ । काभ्रे जिल्लामा ताल निर्माणको लागि करोड भन्दा वढिको बजेट पहिलोपटक विनियोजन गरिएको हो । यस कार्यका लागि बनेपा नगरपालिकाले १ महिनाभित्र टेण्डर आवहान गर्न लागिएको हो ।

यसमा तपाइको मत