फागुन ७ गतेदेखि १२ गतेसम्म प्रधानमन्त्री ओलीको भारत भ्रमणको तालिका तय


 प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोली ४६ सदस्यीय हुने भएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त टोली ४६ सदस्यीय हुने प्रस्ताव अनुमोदन गरेको हो।प्रधानमन्त्रीको उक्त जम्बो टोलीमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थ मन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्ति बस्नेत, कुटनीतिक व्यक्ति, कर्मचारीलगायतको सहभागिता रहने सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले बताए।

फागुन ७ गतेदेखि १२ गतेसम्म प्रधानमन्त्री ओलीको भारत भ्रमणको तालिका तय भइसकेको छ।

यसमा तपाइको मत