
स्रष्टा परिचय:- लघुकथाकार तारा के.सी .काे जन्म पनाैतीनगरपालीका – ५ काभ्रेमा पिता माेहनबहादुर के.सी र माता मखमली के.सी काे सुपुत्रीकाे रूपमा भएकाे थियाे। उनले स्नातकसम्मकाे शिक्षा हासिल गरेकिछिन् भने शिक्षण पेशा र महिला सहकारी संस्थामा ब्यवस्थापनकाे रूपमा काम गरेकाे लामाे अनुभव छ उनीसँग। २०४४ सालमा रेडियाे नेपालकाे बालकार्यक्रमबाट कविता प्रसारण गरेर कविता लेख्न थालेकि उनले २०४८ सालमा जनमत साहित्यिक पत्रिकामा ” बिस्कुन” शिर्षकमा उनकाे पहिलाे कविता प्रकाशित भएकाे थियाे। चालिसकाे दशकदेखि निरन्तर भाषा साहित्यमा लागिरहेकि ताराका प्रकाशित कृतिहरूमा १. तारापुञ्ज (कविता संङ्ग्रह- २०६७) २. फूलबारी (बालकविता संङ्ग्रह – २०७०) ३.फिन्काे र टाेरी (बालकथा संङ्ग्रह – २०७४) ४.प्रिय छाेरी (कविता संङ्ग्रह-२०७५)(
प्रकाशित कृतिहरू हुन्। कविता, लघुकथा, मुक्तक, संस्मरण र बालसाहित्यमा कलम चलाइरहेकी ताराले विभिन्न साहित्यिक क्षेत्रबाट पुरस्कार र सम्मान प्राप्त गरेकिछिन्। १.लिलाध्वज थापा साहित्य प्रतिष्ठानबाट अायाेजना गरिएकाे कविता प्रतियोगितामा सर्वाेउत्कृष्ठ कविता पुरस्कार नगद तथा प्रमाणपत्र( २०७३) २. सामाखुशी साहित्य समाजले अायाेजना गरेकाे कविता प्रतियोगितामा उत्कृष्ट कविता पुरस्कार नगद तथा प्रमाणपत्र(२०७३) ३. वसन्त काव्य उत्कृष्ट रचना पुरस्कार नगद तथा प्रमाणपत्र(२०७५) ४ नेपाली कला भाषा साहित्यमा संसाकसँग सहकार्य गरेर याेगदान दिए बापत संसाक सहयात्री सम्मान (२०७४ ) ५. साहित्य तथा स्वास्थ प्रतिष्ठान पाल्पा अतिथि साहित्यकार सम्मान (२०७४) ६. भाषा, कला, साहित्य विकासमा कवि च्यानलसँग सहकार्य गरि टेवा पुराए बापत कवि समूह नेपालबाट सम्मान(२०७५) ७. नेपाल सरकार वन तथा भु संरक्षण मन्त्रालय जिल्ला भू संरक्षण कार्यलय काठमाडौंबाट विश्व बातावरण दिवस ( जून ५,२०११) काे उपलक्ष्यमा अायाेजना गरिएकाे बाताबरण संरक्षण कवि गाेष्ठी “कल्लकल बग्ने खाेलाले भन्छ माटाे याे बचाउ।” शिर्षककाे कविता लेखनमा उत्कृष्ट पुरस्कार नगद तथा प्रमाणपत्र (२०६८ ) ८. नेपाली साहित्यमा अाेझेलमा परेकाे बालसाहित्यकाे उत्थान र विकास पुराएकाे याेगदानकाे कदर गर्दै इडन ब्रिज एकेडेमी बाल साहित्य सम्मान (२०७६) ९.अक्षरमार्ग भरतराज काभ्रेली गाैरव सम्मान (२०७७) र विभिन्न साहित्यिक संघ संस्थाबाट दुई दर्जन भन्दा बढी सम्मान र कदरपत्रहरू।
उनी साहित्यकार खेलकुद समाजकाे संस्थापक काेषाध्यक्ष, गाेगंबु साहित्य समाजकाे संस्थापक सचिव, साहित्य तथा संस्कृति बिचार मञ्च अध्यक्ष , संसाक भद्रकुमारी स्मृति पुरस्कार संस्थापक, जनमत मासिक अाजिवन सदस्य र अक्षरमार्ग साहित्यक त्रैमासिक मानार्थ संरक्षक भई काम गर्दै अाएकि साहित्यकार तारा के.सीकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दै अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट भएका उनका कथालाई स्रष्टा परिचय सहित खाेजअनलाइन डट कममा प्रकाशित गरेका छाै।
लघुकथा: आमा
~ तारा के.सी
” प्रभात! क्षितिज! तिमीहरू छिटाे तयार भएर निस्क है। आज हामी मेलिना अान्टीकाे घरमा खाना खान जाँदै छाै। म बाबालाई पनि फाेन गर्छु उतै अाउनु भनेर।” काव्या फाेनमा कुरा गर्न लागिन् श्रीमानसँग ।
“म उता अाउन भ्याउदिन काव्या! तिमी छाेराहरू लिएर जाऊ। मेराे खानाकाे चिन्ता गर्नु पर्दैन तिमीले।अाज म बाहिरै खाएर अाउँछु।” श्रीमानले फाेन राखेपछि काव्या श्रृङ्गार गर्न थालिन्। निलाे सारी लगाइन्। निलाे रंग उनलाई मन पर्ने रंग थियाे। साधारण गहनामा सजिइन् । श्रृङ्गार नगर्दा पनि सुन्दर लाग्ने रूप छ हाम्री काव्याकाे मान्छेहरू भन्थे। ” मिलेका दाँत।काला ठुला ठुला अाँखा । कलरफुल केश। ” देख्ने भेट्ने मान्छेहरू प्रशंसा गर्दै भन्थे ; “रूपमात्र हाे र शिल स्वभाव पनि राम्राे छ काव्याकाे। पुर्णरूपमा सुन्दर नारी ।
चिटिक्क परेर काव्या छाेराहरूकाे काेठामा पुगिन्। छाेराहरू अझ तयार भैसकेका रहेनछन्। ठुलाे छाेरा प्रभातले रून्चे अनुहार पारेर भन्याे – ” मामु! हजुर र भाइ गईस्याे । म जादिन क्या!”
” किन?”
” मलाई मेनिला अान्टीकाे घरमा जान मन लाग्दैन मामु! गत बर्ष हामी जाँदा मेलिना अान्टीले अरू मान्छेलाइ भन्दै थिइन् । प्रभात त काव्याकाे साैताकाे छाेरा हाे । कहाँ उसकाे अाफ्नै छाेरा हाे र?” जुन कुरा म सुन्न चहान्न त्यहिँ कुरा किन सुनाउँछन् मान्छेहरू मामु!?”
प्रभातकाे कुरा सुनेर काव्या झस्याङ्ग भइन्। प्रभात एक बर्षकाे हुदाँ बितेकि रहिछिन् अामा। त्याे परिवार तनावमा भएकै बेला प्रभातकाे बाबासँग बिबाहा गरेकि थिइन् काव्याले। प्रभातकाे सम्पुर्ण जिम्मेवारी उनले नै लिएकि थिइन्। कहिले महसुस हुन दिइनन् उनले प्रभातलाई उसकाे अामा अरू काेहि थियाे भनेर।
अाज प्रभातकाे कुराले उनलाई नरमाइलो लाग्याे। प्रभातलाई छातीमा टाँस्दै उनले भनिन् ” बाबु ! तिमी मेराे छाेरा हाै। मुटुकाे टुक्रा हाै। अरूले भनेर हुन्छ? त्यस्ता मान्छेकाे कुरा सुनेर कहिले मन नदुखाउँ है।”
अामाकाे स्नेहमा फुरूङ्ग हुँदै प्रभातले मनमनै भन्याे;
” धन्य भगवान! मलाई यतिधेरै माया गर्ने अामा दिएर तिमीले मलाई टुहुराे हुनबाट बचायाैं ।



