प्रहरीले आज राजधानीका १७ वटा म्यानपावर कम्पनीमा छापा मारे


काठमाडौँ, प्रहरीले आज राजधानीका १७ वटा म्यानपावर कम्पनीमा छापा मारेको छ ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले रिभर ओभरसिज, क्यापिटल रिक्रुमेन्ट सर्भिस, शान इन्टरनेशनल, एभी इन्टरनेशनल, इन्नोभेटिभ ह्युमन रिसोर्स, गोरखा नेपाल, नेपाली रिक्रुटिङ, भेरी कर्णाली इन्टरनेशनललगायत १७ म्यानपावरमा छापा मारी कागजपत्र नियन्त्रणमा लिएको होे ।

Sarbendra-Khanal

महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बढी पैसा असुल्ने, कामदारलाई अलपत्र पार्ने, एउटा भनेर अर्कै रोजगारीमा पठाउने, पैसा लिएर पनि रोजगारीमा नपठाउनेलगायतका उजुरीका आधारमा ती कम्पनीमा छापा मारिएको जानकारी दिनुभयो ।
कामदार पठाए बापत विदेशको कम्पनीले पठाउने प्रवद्र्धनात्मक रकम बैङ्कि माध्यममार्फत नल्याई हुण्डीमार्फत ल्याउने, त्यस्ता रकमको कर नतिर्ने लगायतका विषयमा समेत छानविन गरिने भएको छ । रासस

 

यसमा तपाइको मत