२०७२- बुधबार अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाली उत्पादनलाई अमेरिकामा निर्यात गर्दा लाग्ने भन्सार छुट सम्बिन्धी विधेयकमा हस्ताक्षर गरेका छन् ।
राष्ट्रपतिको हस्ताक्षर पश्चात अब नेपालबाट अमेरिका निर्यात हुने ६६ प्रकारका सामाग्रीमा भन्सार छुट हुने छ । जसमा कार्पेट, गार्मेन्टका उत्पादनदेखि यात्रा गर्दाको बखत प्रयोग हुने सामाग्रीसम्म छन् ।
यो छुट नेपालले दश वर्षसम्मका लागि पाउने छ । गत बैशाखमा गएको महाभूकम्पले शिथिल बनाएको नेपाली अर्थतन्त्रलाई केही राहत होस् भनि उक्त विधेयक ल्याइएको बताइएको छ । उक्त विधेयकले नेपालको व्यापार गर्ने क्षमतामा अविवृद्धी गर्न पनि अमेरिकाले सहयोग गर्ने छ ।
‘यो विधेयकले नेपाली उत्पादनलाई अमेरिकी बजारमा राम्रो अवसर प्रधान गरेको छ,’ नेपालका लागि अमेरिकी राजदूत एलाइना बि टेपलिजले भनिन्, ‘नेपालले डब्लुटिओका सहयोगका कार्यक्रमहरुलाई कसरी अवलम्बन गर्ने नीति बनाउँछ हामी त्यसरी नै सहयोग गर्न तयार छौं ।’
अब यो विधेयक लागु हुन केही प्रशासनिक काममात्र बाँकी रहेको अमेरिकी राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । यस्तै अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले नेपालबाट आयात गरिएका सामाग्रीले अमेरिकी अर्थतन्त्रलाई नकारात्मक असर पार्ने, नपार्ने अध्ययन गरेपछि नेपालबाट निर्यातित सामाग्रीमा वैधानिक भन्सार छुट प्राप्त हुने छ



