
नोट अफ डिसेन्ट’
नेपालको सन्दर्भमा, समाजवाद एक राजनीतिक न्यायको विचारधारा हो । जसले समाजिक न्याय, सामाजिक समानता, आर्थिक न्याय, सबैलाई आवास, शिक्षा, स्वास्थ्य, खाद्यसम्प्रभुता , कर्मचारीका अधिकार र श्रमिकका हकहरू, उत्पादन साथै वितरणमा राष्ट्रीयीकरण, राज्य सञ्चालनमा जनवाद, गणतान्त्रिक शासकीय स्वरुप, मानवीय स्वतन्त्रता र मानवीय अधिकारहरू संरक्षण र प्रवर्धन गर्ने प्रयासहरूलाई आधार बनाउँछ।
समाजवाद एक आधारभूत आदर्श हो जुन समाजमा समानता, न्याय, र सामाजिक न्यायसंगतताको प्रवृत्ति गर्ने अभियान गर्दछ। समाजवादी विचारधाराले स्वामित्वको नयाँ व्याख्या र प्रयोगको प्रस्ताव गर्दछ, जसले संपूर्ण समाजलाई सम्पूर्णतामा स्वामित्व र प्रबन्धमा सहयोग गर्नका लागि प्रेरित गर्दछ। यसले व्यापक रूपमा सामाजिक स्वामित्वलाई समर्थन गर्दछ, जसमा
साझा स्वामित्व (Common Ownership) प्रमुख बिशेषता हो।साझा स्वामित्वले सामाजिक समृद्धिका लागि सबै व्यक्तिहरूलाई उत्पादन स्रोतहरू, स्रोत, र सम्पत्तिहरूको साझा स्वामित्वले लाभदायक बनाउँदछ। यसका उदाहरणका रूपमा, सामुदायिक खेती, सहकारी कम्पनीहरू, र समुदायिक संस्थाहरू आदि देखा पर्न सक्छ। यो प्रकारको स्वामित्वले सामाजिक समृद्धि, न्याय, र समानता सञ्चालन गर्न सक्षम बनाउँदछ।
समाजवादले सामाजिक असामाजिकताको विभेदहरूलाई हटाउने र समाजबाट बाहिरी र भित्री भुइँमान्छेको जिवन बर्बादीलाई रोक्ने प्रयास गर्दछ। यसले लागू गर्ने कार्यहरूमा अर्थशास्त्र, राजनीतिक आचरण, शासनप्रणाली र सामाजिक न्यायका मुद्दाहरू समावेश गर्दछ जुन सामुहिकतामा केन्द्रित हुन्छन्।
समाजवाद साच्चै कस्तो समाजवाद? के समाजवाद नेपालको लागि ‘पब्लिक कन्जम्सन’को लागि हो?नेपाल संविधानतः ‘समाजवाद–उन्मुख’ राज्य हो।कागजको पुलिन्दा मार्फत के समाजवाद आउँछ त? सत्य हो, सिद्धान्ततः भनिएका यी सबै चिज व्यवहारमा लागु गरिएका छैनन् वा प्राप्त छैनन् । फलस्वरूप आम निराशा र वितृष्णा बढेको छ ।यहाँनेर नयाँ र भाइरललाई विचारधारा (आइडोलजी) र सिद्धान्त (थट/थ्यौरी) बीचको भिन्नता बुझ्न जरूरी छैन अझै तिनलाई त यो चाहिएको पनि छैन । मात्र हातहातै कथित परिमाण।राज्य कसरी निर्माण हुन्छ भनेर थाहा नहुनेलाई समृद्ध राज्य चाहिएको छ।
समाजवादको भ्रष्टीकरण हेर्ने हो भने नेपालमा समाजवाद ‘कांग्रेस’ र ‘कम्युनिष्ट’ ले बेच्ने राजनीति हो साथै दुबैले आफुलाई ‘सोसलिष्ट’ नै ठान्दछन् ।यो जति हास्यास्पद के होला र। साच्चै समाजवाद लुरुलुरु हिडेर नेपालमा कहिले आउँला!चौधरी , दुगड र खेतानको खुट्टाले समाजवाद हिडाउला चाँहि कहिले?कर्कलोबाट समृद्धि प्राप्त होला कि नहोला? सामाजिक स्वामित्व नरहेको शिक्षा, स्वास्थ्य, यातायात र राज्य प्रणालीले समाजवाद कसरी बोक्ला त?



