
नुवाकोट जिल्लाको बिकासमा सबै भन्दा बढी प्रभावित बनाउने क्षेत्रको रुपमा पर्यटन क्षेत्रलाई लिन सकिन्छ । नेपालको राजधानी काठमाडौबाट सबैभन्दा नजिकको दुरीमा रहेको जिल्ला जहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकीय हिसाबले अति नै उपर्युक्त रहेको देखिन्छ । नुवाकोट जिल्लाको १२ वटा स्थानीय निकाय सबैमा पर्यटकीय हिसाबले सम्भावना रहेकोे देखिन्छ । नुवाकोट जिल्ला बिदुर नगरपालिका अन्तरगत ऎतिहासिक पुरानो नुवाकोट दरवार , भैरबी मन्दिर , जालपा मन्दिर ,देबिघाट , पृथ्वीनारायण शाहको शालिक अनि त्रिशुली र तादीको संगमस्थल देबिघाट समेत बिदुर नगरपालिका रहेको छ । बिदुर नगरपालिकामा राज्यको तर्फबाट लगानी गर्ने हो भने राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटनमा ठुलो सहयोग र सपोट हुने देखिन्छ ।
त्यसैगरी बेलकोट नगरपालिका अन्तरगत पनि पर्यटनको धेरै नै सम्भावना रहेको देखिन्छ । धार्मिक ,सामाजिक , सांस्कृतिक कलाको दृष्ठिकोणले बेलकोट नगरपालिकालाई लिन सकिन्छ । चिम्टेश्वरदेखि रातमाटेसम्मका ठाउँमा पर्यटनलाई चाहिने सबै प्रकारका बिशेषता रहेको देखिन्छ । त्यसै गरि मेघाङ किस्पाङ लगायत तारकेश्वर गाउँपालिकामा कृषि पर्यटन पहाडी रमणीय स्थलहरुको अबलोकन होमस्टे जस्ता कुरामा अति नै सम्भावना रहेको देखिन्छ । ककनी गाउँपालिका काठमाडौ जिल्लासँग जोडिएको गाउँपालिका हो । जहाँ ककनी अन्तर्राष्ट्रिय हिसाबले पनि पर्यटन क्षेत्रमा चिनिएको क्षेत्रका रुपमा परिचित छ । यस ककनी पर्यटन क्षेत्रको बिकासमा राज्यको प्रत्यक्ष लगानीको खाँचो रहेको देखिन्छ ।
शिवपुरीमा सुर्यचौर पाटी भञ्ज्याङ् लगायत कला संस्कृत पहाडी रमणीय ठाउँको अबलोकन लगायत होमस्टे जस्ता कुराहरुको सम्भावना रहेको देखिन्छ । लिखु र तादीको समथलसम्म फाँटका रुपमा लिखु गाउँपालिकालाई लिन सकिन्छ ।
कृषि ,पर्यटन ,धानखेती ,आलुखेती लगायत कृषि भण्डारको रुपमा लिखु गाउँपालिकालाई लिन सकिन्छ । त्यसैगरि दुप्चेश्वर गाउँपालिकामा दुप्चेश्वर मन्दिर लगायत शिखरबेशी फाँट राहुचुली जस्ता हिमाली पहाडी रमणीय स्थलको अबलोकन गर्नुको साथै घ्याङ्फेदीको होमस्टे हुदै गोसाइँकुण्डसम्म पदयात्राबाट जान सकिने अबस्था देखिन्छ । तादी गाँउपालिकामा कृषि पर्यटन बाघमारा लगायत पहाडी रमणीय स्थलको अबलोकन गर्ने सकिन्छ ।
सुर्यगढी गाउँपालिकामा सबै भन्दा रमणीय स्थलको रुपमा सुर्यगढीलाई लिन सकिन्छ । यस भेगमा होमस्टे लगायत पहाडी भागमा रमणीय स्थलको भ्रमण गर्ने ठाउँहरुको धेरै स्थान रहेको छ । नुवाकोटको पर्यटन सम्भावना भएको अर्को गाउँपालिकाको रुपमा पन्चकन्या गाउँपालिकालाई लिन सकिन्छ । घ्याङ्स्वारा देखि घले भञ्ज्याङ् होमस्टे लगायत पहाडी रमणीय स्थलको अबलोकन गर्ने सकिन्छ ।
यसैगरि नुवाकोट जिल्लाको पर्यटनमा सबै स्थानीय निकायमा सम्भावना हुदाहुदै पनि किन पछि पर्यो भन्ने बारेमा बहस गर्नुपर्ने बेला आएको देखिन्छ । बिषेश गरि नुवाकोटको पर्यटनमा नुवाकोटका नेता र स्थानीय सरकारको साझा एजेन्डा नभएकोले नुवाकोटको पर्यटनमा बिकास हुन सकेको देखिदैन्न ।
नेपाल सरकारले ककनी बिदुर लगायत केहि ठाउँमा कछुवा गतिमा पर्यटन क्षेत्रलाई अगाडी बढाउने काम गरिएको देखिन्छ । नुवाकोटको बिकासमा पर्यटनले अति नै प्रभावित पार्ने देखिन्छ । गोसाइँकुण्ड ,लाङटाङ, सुर्यकुण्ड, गणेश हिमाल तादी ,त्रिशुली, लिखु नदीहरुको मुहान अनि नदिले बनाएको फाँटमा धान गहुँ मकै आलु लगायत अन्नबालीको भण्डारको रुपमा देख्न्न सकिन्छ । सबै ठाउँबाट सम्भावना हुँदाहुदै पनि सरकारको सहि योजना नहुदा आज नुवाकोटको पर्यटन क्षेत्रमा बिकास हुन सकिरहेको छैन । नुवाकोटलाई पर्यटन क्षेत्रको रुपमा अगाडी बढाउने काममा नुवाकोटबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु संसदहरु लगायत प्रदेश संसद मन्त्री अनि स्थानीय सरकार लाग्नु पर्ने देखिन्छ । मुलुकको बिकास र नुवाकोटको बिकासमा सहयोग पुर्याउने हो भने राज्यले नुवाकोटको पर्यटन प्रबर्द्धनमा राज्य लगानी ब्यबस्थापन गर्ने जिम्मा लिनु पर्ने देखिन्छ ।
नुवाकोट पर्यटन प्रबर्द्धनमा राज्य लगानीको खाँचो
- अधिवक्ता रामेश्वर भण्डारी



