आमा ! म आत्तिएको देख्यौ र..?

- विजेता भट्टराई


तिमीले भारी बोक्दै हुर्काएकी तिम्री छोरी ,
मातिएकी देख्यौ र .?

तिमीले उचालेको प्रत्येक भारीहरुले,
̤तिमीले बसौ नफेरेका सारीहरूले

खरको चुहिने छानो अनि त्यसैमाथी, उम्रीएका झारीहरूले
मलाई मेरो परिस्थिति मेरो औकात झल्झली सम्झाई रहन्छ

शहरको रम्झमले तिम्री छोरी मात्तिएको देख्यौ र …?

हरेक पाइला पाइलामा ठेश,
जरुरत पर्दा आफ्न्तहरुको छेपारे भेष

म कसरी बिर्सन सक्छु आमाको तपस्या अनि,̤
̤मलाई म बनाउन मेरा बाले छोड्नु परेको मेरो प्यारो देश

आमा !म आत्तिएको,
देख्यौ र..?

बिरानो शहर ऋण र व्याजको भारी साहुको आलो वचन,
अनि खरको छाना फेर्ने रहर

हेरन आमा!
यो फगत मुर्ती नै मुर्ती भएको शहरमा,̤
̤तिम्री छोरीले भगवान बन्न खोजेर के नै हुन्थ्यो र—?

धोका अनि विस्वासघातले भरिएको ब्रहमाण्डमा,
तिम्री छोरीले विश्वास माला उन्न खोजेर के नै हुन्थ्यो र..?

यी मान्छे अनि यिनका चालचलनमा अल्झिएर,
साहुको ऋण अनि आफ्न्तका बचन बल्झिएर

मात्र यो शहरसँग परिचित हुन खोजेकी हुँ आमा,
तिमी छोरी मात्तिएकी देख्यौँ र…

यसमा तपाइको मत