
घामसँगसँगै चिसो–चिसो छ बतास
दङ्ग पर्छु प्रकृतिको हेरेर निवास ।
सडकका कुना–कुनामा फूल फुलेका
शहरभरि नै चलिरहन्छ सुवास ।
कतैतिर उकालो त कतै छ ओरालो
जन्मेको ठाउँको हुन्छ मलाई आभास ।
दायाँ–बायाँ रूखैरूख बाटो छ बीचमा
यो माटोमा पनि उही रहेछ मीठास ।
कसले कोर्छ नयाँ सधैं नवीन रङ्गले
यौटै कलाकार त हो नि भन्छ आकाश ।
– बालुवाटार, काठमाण्डौ ।



