भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिएको मतगणनामा शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्।मेडिकल डाक्टर उनी नवलपरासी १ का सांसद हुन्।
लोकतान्त्रिक पद्धतिद्वारा कांग्रेस पदाधिकारीमा चयन भएका शशांक कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका पुत्र हुन्। वीपीकै विचारलाई आधार मानेर नेपाली कांग्रेस अघि बढेको दाबी नेताहरु गर्छन्।
कृष्ण सिटौला प्यानलबाट महामन्त्री पदमा प्रत्यासी बनेका गगनकुमार थापाले ५३७ मतमा चित्त बुझाए।
आइतबार राष्ट्रिय सभा गृहमा भएको निर्वाचनमा कूल खसको ३ हजार १४८ मत खसेको थियो।
दोस्रो चरणको निर्वाचनमबाट सभापति चयन गरिसकेपछि आज बिहान १:३० बजेदेखि महामन्त्री तथा कोषाध्यक्षको मतगणना सुरु गरिएको थियो। सोमबार भएको दोस्रो चरणको निर्वाचनबाट शेरबहादुर देउवा कांग्रेस सभापति पदमा निर्वाचित भएका थिए।
– See more at: http://www.nagariknews.com/breaking-news/story/59590.html#sthash.xXhanS0Q.dpuf



