आमा तिमी नरोई बस है!

- शशी श्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं 


आमा तिमी नरोई बस है
म पुन आउँछु घर
तिम्रो आँसु पुस्नलाइ
कति पीडा हुँदो हो है तिमीलाई
आमा तिमी नरोई बस है
यताको खबर खै!के भन्नु तिमीलाई
घाम नढलुन्जेल पसिना बगाउँछु
घाम ढले पछि आफ्नो वासस्थान पुन आउँछु
सके भने भोजन बनाउँछु
नसके भोकै थकाइले निदाउछु
आमा तिमी नरोई बस है!
बिहान मिर्मिरेमा हिड्छु कर्म गर्नलाई
भोक लाग्यो कि भनेर सोध्ने कोही छैन यहाँ मलाई
थकाइले यस्सो बसौं भने
तिम्रो न्यानो काख छैन विश्राम गर्नलाई
न तिम्रा ती सुकमल हात छन् मेरो पसिना पुसनलाई
आमा तिमी नरोई बस है!
बिछ्यौना असजिलो हुँदा
 कोही छैन मेरो तकिया फेर्नलाई
गर्मीले टाउको फुट्ला झैं हुँदा पनि
धाउनु पर्छ कर्म गर्नलाई
ठूला ठूला पहाड जत्रा फलामले बजार्छन् मलाई
आमा तिमी नरोई बस है!
के गर्नु नगरी पनि भएको छैन मलाई
साहुको ऋणले पिरल्दो होला तिमीलाई
सुकाएको बिस्कुन साहु आउँछ होला उठाउनलाई
बारीको डल्ला फोर्दा कति थकाइ लाग्यो होला है तिमीलाई
आमा तिमी नरोई बस है!
यहाँ कठिन छ परिस्थिति समाल्नलाई
तिम्रो न्यानो मायाको खाई खाँचो छ मलाई
धेरै पीडा भयो भने एक्लै रुन्छु
यहाँ सुनिदिने छैन कोही
आमा तिमी नरोई बस है!
साच्चै नालाको पानी कहाँ सम्म पुग्यो?
चटारो पर्यो होला तिमीलाई
 बारीमा पानी ल्याउनलाई
पाठी कराई रहन्छे होली
हरियो घाँस खानलाई
आमा तिमी नरोई बस है!
बर्खामा पानी चुहिदो होला नि आमा
म आउँछु पिर नगर घर छाउनलाई
रातले सुइँकुच्चा ठोक्यो आमा
अब म यस्सो पल्टन्छु है!
आमा निदाउनलाई
आमा तिमी नरोई बस है!
भोलि सबेरै जाग्नु छ कर्म गर्नलाई।
लत आजलाई बिदा भएँ है आमा
भोलि कुरा गर्छु है
आमा तिमी नरोई बस है

यसमा तपाइको मत