
हरि नाम गरेका पुरुष हेर्दा असाध्य राम्रा जसको अनुहार जतिबेला पनि वत्ति बलिरहेको जस्तो चम्किलो र उज्यालो थियो । उनी अत्यन्तै चञ्चले स्वभावका थिए । उनका बुवा रामनाथ उनी ४ वर्षको हुँदा नै देहत्याग गरेका थिए । उनलाई उनकी आमाले पालनपोषण एक्लै गरेर हुर्काएकी थिइन । एक दिन उनको जन्म स्थान पर्वतबाट बसाइ सरी उनी आनो एक्लो सन्तानको नाममा त्यहीँ एउटा छोरा हरिलाई लिई पाल्पाको रामपुर भन्ने ठाउँमा बसाइ सरी गईन् । हरी अति नै चञ्चले स्वभावका भएकाले खासै पढ्न लेख्न भन्दा पनि खेल्न मन पराउने आमाको करले कक्षा आठसम्म हरिले पढे अनि उनी हेर्दा पनि अति नै आकर्षक देखिन्थे । त्यसैले गर्दा पनि होला उनका धेरै केटी साथी हुन्थे विस्तारै उनी पनि बैसको भेलमा प्रवेश गर्दै थिए । त्यसैले गर्दा होला उनको पनि एकदिन घरमा बिहेको कुरा चल्यो । विहेको लागि योग्य भइसकेकाले उनको विहेको कुरा खुब हुन थाल्यो । उनकी आमाले पल्लो गाउँकी हिना भन्ने केटीको फोटो ल्याएर छोरा हरिलाई देखाउनु भयो । हरि फोटो हेर्न पनि मानेनन् । हरि चिच्याउँदै भन्न थाल्यो मलाई यो फोटोहरू नदेखाउनुस् त आमा म विहे गर्दिन के यसरी हरि चिच्याउँदै आनो कोठातर्फ लाग्यो । आमाले हे भगवान भन्दै टाउकोमा हात राखेर टुक्रुक्क बसिन, आमाले छोराको विहे नहुँदासम्म कसरी आनन्दले बस्थिन र उनले फेिर अर्काे केटीको बारेमा गाउँका रामलालसँग कुरा गरिन् । त्यसको केही दिन पछि रामलालले हरिको जन्म स्थान पर्वतको एउटा सुसिल र सुन्दरी सावित्रासँग हरिको विहेको लागि विहेको कुरा गरे सावित्राको कुरा हरिकी आमालाई निकै हर्सित हुँदै रामलालले भने निकै सुन्दर छे दिदी यो नाति त अब त कसो बिहे गर्न नमान्ला त भन्दै हर्षित हुँदै सावित्राको कुरा हरिको आमालाई भन्यो ।
हरि चिया खान निकै मन पराउथे चिया भनेपछि हुरुक्कै हुने हरि, उनकी आमाले विहान विहान हरिलाई मन पर्ने जस्तै अधुवा र तेजपत्ता राखेर चिया बनाइन् हरिको कोठामा लगिदिइन, छोरा… छोरा नवलाल उठ् बाबु तिम्रो लागि मिठो चिया लिएर आएकी छु (हरी) हजुर आमा आज त चिया मेरै कोठामा नै ल्याइदिनु भएको भन्दै चियाको कप लियो । आमाले यही मौकामा भन्न थाल्नुभयो । बाबु सुन त.. आज रामलालले फेरि हाम्रो गाउँ पर्वतकी सावित्रा भन्ने नानीको कुरा लिएर आएका छन । उनको तस्विर पनि छ मसँग ल हेर त बाबु, हरिले विस्तारै भने आमा जति नै राम्री भए पनि म अरू कसैसँग विहे गर्न चाहन्न म तनहुँ जिल्लाको, मोतिराम नाम गरेका मञ्च प्रधानको कान्छी छोरीसँग प्रेम गर्छु । म उ सँग बाहेक अरू कसैसँग बिहे गर्न चाहन्न आमा, हरिले फेरि आमालाई भन्यो ः आमा उनको नाम सीता हो म उसलाई प्रेम गर्छु “म उसलाई पाउन चाहन्छु । ऊ जस्तै अरू कोही न उसको बदलामा अरू” म उसको बाहेक अरू कसैसँग बिहे गर्न सोच्न पनि सक्दिन, बुनुभो आमा भन्दै कोठाबाट बाहिर निस्कियो । हरिकी आमा केही वेर स्तब्ध भइन, उनले सोचिन छोराको खुसी सीतासँग नै छ भने ठिक छ भनी सीताको परिवारसँग कुराकानी अगाडि बढाउन थालिन अनि एक दिन आमा छोरा र गाउँका एक दुई बुद्धिजीवीहरूलाई लिएर तनहुँको ढुमरिवेसी भन्ने ठाउँमा सीतालाई हेर्ने सबै जना पुगे र कुराकानीको क्रममा सीता चिया दिन सबै भएको ठाउँमा पुगिन साच्चिकै उनी निकै सुन्दर र आकर्षक रहिछन् ,त्यसमा पनि पढेलेखेकी त्यसैले गर्दा होला हरिकी आमाको पनि एकै नजरमा मन जितिन् र सामाजिक परम्पराअनुसार धुमधामले विहे गरी सीतालाई आनो घरमा लिएर आइ । घरमा खुसीको माहोल थियो । हरिले आफूले मन परेकी प्रेमिका पाएका थिए उनी उनकी आमाले लछिनकी बुहारी.. उत्साह उमङ्गले घर अत्यन्त हर्षित थियो । यसैगरी केही वर्ष वित्यो र हरी र सीताको प्रेम मौलाउँदै जान थाल्यो र प्रेमको चिनोको नाममा दुई सुन्दर छोरीहरू जन्माएका थिए । अति नै आनो आमा जस्ता सुन्दर र सुसिल छोरीहरू यसरी हरी र सीताको जीवन मोहलाग्दो थियो एक दिन हरीले आनो जीवनलाई यस्तो उत्साह पूर्ण बनाएकोमा सीतालाई हेरी उनको हात समाउँदै भन्न थाले ।
“ईश्वरले निर्माण गरेको यो सुन्दर सृष्टिको
तिमी मेरो जीवनको सुन्दर उपहार हौ ।”
यसरी हरिको कुरामा मोहित हुँदै सीता लजाउदै कोठातिर लागिन् । यसैगरी उनीहरूको जीवन उलासहपूर्ण थियो तर केही दिनपछि हरीको आमाले देह त्याग गरिन् । खुसियाली छाएको यो परिवारमा आमाको निधनले फेरि हरि दुःखित भए आमाको काजक्रिया समाजका सहयोगी व्यक्तिको सहयोगमा तेह्रौं तिथि पनि सकियो तर हरि शोकमा नै थिए । हरि बिछिप्त जस्तै हुन पुगेका थिए । यस्तै गरी केही वर्ष वित्यो । केही वर्ष पछि सीताले एक सुन्दर छोरा जन्माइन । घरमा नयाँ मान्छेको आगमनले पुनः घरमा उल्लास बढ्यो । खुसीले घर झुम्न थाल्यो । त्यसैगरी जीवनमा खुसी त कैले सानो तिनो दुःख पनि हरिलालको परिवारले नदेखेको होइन । यसैगरी कैयौँ वर्ष वित्यो जेठी छोरी २० वर्षकी भएकी थिइन, अर्की छोरी १८ र छोरा १५ वर्षको छोरा छोरीलाई यसरी हेरिरहन्थे …. कहीँ कतै जान लागे भनी उनीहरूलाई आवश्यक पर्ने सम्पूर्ण सामान बजारबाट ल्याइदिन्थे र कहि कतै जान लागेमा म छिट्टै आउँछु भन्दै जान्थे र कहीदेखि आउनासाथ सन्तानलाई देखेनन् भनी छटपटाउन थाले । उनका यी तिनै जना छोराछोरी प्राणभन्दा प्यारा थिए । हरिको घरमा एउटा लैंनो भैंसी पनि थियो । निकै दिनदेखि पानी निरन्तर परिरहेकाले मंगलबारका दिन विहानदेखि पानी पर्ने छाड्यो । यही समयलाई ख्याल गरी उनी बाँधेर राखेको लैंनो भैंसीको लागि घास किनेको ठाउँ घरदेखि ४५ मिनेटको बाटो रहेको थियो । हरि घाँस लिन भनी हिँडे आनो छोराछोरीहरूलाई पढेर वस्नु म छिट्टै आउँछु भन्दै …तर उनी हिँडेको एक घण्टा पछि एक युवा हरिको घरमा आयो र चिच्याउन थाल्यो । सागर भाई, सागर भाई बाहिर निस्कत, हजुर… सागर बाहिर निस्कियो ती युवकले भने तिम्रो बुवा बाटोमा ढल्नु भएको छ हिँड त… सागर झसङ्ग भयो र आत्तिदै भन्यो केही त भएको छैन नि मेरा बावालाई ती युवकले भने नआत्यु भाई बेहोस मात्र हुनुभएको हो । दुवै जना बाईकमा बसेर हतार हतार गर्दै हिँड्य हरिकी कान्छी छोरी पनि घरमै थिइन् उनी पनि भित्र भित्र डराउन र आत्तिन थालिन् बेहोस् भएको भने पछि बाबा भएको ठाउँदेखि नजिर भएको अस्पताल बावालाई लगे होलान् भन्ने आशाले उनी पनि अस्पतालतिर लागिन । उनी लडबडाउँदै लडबडाउँदै अस्पतालतिर लागिन् जब अस्पतालको गेटबाट भित्र छिरिन् गेटबाट भित्र पस्दा साथ एउटा जिपदेखिन जिप बाहिरबाट सिसाभित्र हरिकी पत्नी निःशब्द रोहिरहेकी र उनको छोरा सागर हडबडाहटमा अस्पतालका भित्ताहरू कोपरिरहेको देखिन् । यो सब दृश्यले छोरी आत्तिइदै उनले आनो आमालाई सोध्न थालिन् । ममि ममि बाबा खोइ, उनले यो भन्नासाथ स्टेचरमा राखेर हरिको लास ल्याए र दुई चार जना युवकले मिलेर हरिको लास जिप भित्र राखे । यो देख्नासाथ कान्छि छोरी चिच्याई चिच्याई रुन थालिन् । आफूलाई समाल्न पनि सकिनन् । आमा निःशब्द आँशु मात्र बगाइरहेकी छन्, छोराले होस् गुमाएको छ । जेठी छोरी बाबा बाबा भन्दै चिच्याई रहेकी छन् अनि यता कान्छि छोरी पनि आफूलाई समाल्न सकेकी छैनन् । बिचरा हरिको परिवार केही समय अघि घरमा सबै सँगै थिए हरिले छिट्टै आउँछु पढेर बस्नु भनी आना सन्तानलाई भन्दै थिए… तर केही बेरमा घाँस लिन गएका हरि लास भएर घरमा ल्याइयो । यो दर्दनाक अवस्था विचरा हरिको परिवार शोकमा नै रहे ।
हरिको यात्रा
- अनु पराजुली , पाल्पा



