काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा शनिबार समावेशीतर्फबाट २० जनाको नजिता शनिबार महिला, आदिवासी जनजाति, मधेसी र दलिततर्फको समावेशी आएको छ । समावे
शीतर्फ मुस्लिम कोटाको एक केन्द्रीय सदस्यको नजिता यसअघि आइसकेको छ ।
महिला आरक्षणतर्फको छ पदमा डीला संग्रौला, कमला पन्त, सरिता प्रसाई, पुष्पा भुसाल, अम्बिका बस्नेत, इश्वरी न्यौपाने निर्वाचित भएका छन् । यिनमा पन्त र प्रसाई रामचन्द्र पौडेल पक्षधर छन भने बाँकी शेरबहादुर पक्षधरका हुन ।
यिनमा संग्रौला काँग्रेसको भगिनी संस्था नेपाल महिला संघकी अध्यक्ष हुन भने बस्नेत, न्यौपाने, पन्त र प्रसाई सांसद हुन ।
आदिबासी जनजातिको खुला तीन केन्द्रीय सदस्यमामा पौडेल प्यानलबाट चीनकाजी श्रेष्ठ र नेविसंघका पूर्वअध्यक्ष कल्याण गुरुङ निर्वाचित भएका छन् भने देउवा प्यानलबाट बहादुरसिंह लामा विजयी भएका छन् । श्रेष्ठले ९४७, लामाले ७६७ र गुरुङले ७३४ मत ल्याएर विजयी भएकाु हुन । श्रेष्ठ काँग्रेस संसदीय दलका सचेतकसमेत हुन भने लामा सांसद हुन ।
आदिवासी जनजाति महिला दुई केन्द्रीय सदस्यमा पौडेल प्यानलकी रत्ना शेरचन र देउवा प्यानलकी सीता गुरुङ विजयी भएका छन् । दुवै सांसद हुन् ।
मधेसी तीन केन्द्रीय सदस्यमा पौडेल पक्षका रामकृष्ण यादव निर्वाचित भएका छन भने देउवा पक्षका अजय चौरसिया, महेन्द्र यादव निर्वाचित भएका छन् । यादवले एक हजार दुईसय, चौरसियाले एक हजार ३४१, अर्का महेन्द्र यादवले एक हजार २३६ मत प्राप्त गरी विजयी भएका हुन ।
मधेसी दुई महिला केन्द्रीय सदस्यमा पौडेल प्यानलकी किरणदेवी यादव अत्यधिक मतका साथ विजयी भएकी छन भने देउवा पक्षकी पार्वती डिसी चौधरी विजयी भएकी छन् । दुवै साँसद पनि हुन ।
दलित खुल्लातर्फको केन्द्रीय सदस्यमा पौडेल प्यानलका जीवन परियार र मानबहादुर विश्वकर्मा तथा देउवा पक्षका मीन विश्वकर्मा विजयी भएका छन् । तीनै जना सांसद हुन् । परियार एक हजार ४८१, मानबहादुर एक हजार ४०२ र मिन विश्वकर्माले एक हजार ३१३ मत ल्याई विजयी भएका हुन् ।
दलित आरक्षण दुई महिला केन्द्रीय सदस्यमा लक्ष्मी परियार र सुजाता परियार विजयी भएका छन् । दुवै देउवा पक्षधर मानिन्छन ।
केन्द्रीय सदस्यमा समावेशीतर्फ हालसम्म २१ केन्द्रीय सदस्यको नतिजा आएको छ । मुस्लिम तर्फका एक सिटमा देउवा प्यानलका फरमुल्ला मन्सुर यसअघिनै निर्वाचित भइसकेका छन् भने शनिबार बिहानबाट प्रदेशका केन्द्रीय सदस्यहरुको पनि मतगणना सुरु भइसकेको छ । काँग्रेस निर्वाचन समितिका अनुसार आइतबार बेलुकासम्म अधिकांक केन्द्रीय सदस्यको नजिता आउनसक्छ ।
मधेसी तर्फबाट बिजयी
अजय चौरसिया
महेन्द्र यादब
राम कृष्ण यादव
महिला तर्फ बिजयी
किरण यादब
पार्बता डि सि चौधरी
दलित पुरुष तर्फ बिजयि
जीवन परियार
मान ब बिस्वकर्मा
मीन बिस्वकर्मा
महिला तर्फ बिजयी
सुजाता परियार
लक्ष्मी परियार
आदिवासी जनजाती तर्फ बिजयी
चिनकाजी श्रेष्ठ
बहादुर लामा
कल्याण गुरुङ
महिला तर्फबाट
सीता गुरुङ
रत्न शेरचन



