तन्त्र , ज्योतिषशास्त्र अनि शान्तिकर्म


तन्त्रशास्त्रअनुसार ६ प्रकारको कर्म छ , जसलाई षट्कर्म भनिएको छ । त्यो मध्य महत्त्वपूर्ण हो , शान्ति कर्म ।

शान्ति कर्म

बिहान उठेर पुजा गर्ने , हवन गर्ने , नौ ग्रह शान्ति गर्ने , घरमा कसैलाई रोग नलागोस भनेर पुजा गर्ने , सबैको मङ्गल होस् ,शुभ होस् भनेर पुजा गर्ने जति पनि राम्रा राम्रा काम छन् । ती शान्तिकर्म हुन ।

कसैलाई हानी , नोक्सानी नपुर्याईकिन यदि भगवानको पूजा गर्दै हुनुहुन्छ , मन्दिर जाँदै हुनुहुन्छ भने त्यो सबै शान्ति कर्म भित्र पर्दछ ।

मान्छे कर्म नै नगरी बस्नै सक्दैन । केही न केही काम गर्नैपर्छ । यो सबै तन्त्रमा पर्दछ । बिहान उठेर नौ बजे कार्यालय जानुहुन्छ अनि साँझ 5 बजे फर्किनुहुन्छ यो पनि शान्ति कर्मभित्र पर्दछ ।
सबै काम जुन अरुलाई नोक्सान नपुर्याई आफ्नो फाईदाको लागि गर्दै हुनुन्छ भने त्यो शान्ति कर्ममा पर्दछ ।

शान्ति कर्मको देवी माता रति कामदेवको श्रीमती रति देवी हुनुहुन्छ । तन्त्रशास्त्रको किताबमा प्रष्ट लेखिएको छ -`राम्रा राम्रा काम शुभ कर्म गर्दा , हवन पुजा पाठ गर्दा पहिला रतिदेवीलाई सम्झिने पुजा गर्ने अनि बल्ल अरु कर्मको सुरुवात गर्ने गर्नुपर्छ ।´

आजकालका मानिसहरूले रति देवीलाई
सम्झिन बिर्सिएका छन् । खाली भक्ति ठूलो हो भन्छन् ,प्रेम र आदर्शलाई बिर्सिएका छन् ।

यसमा तपाइको मत