कलाकार ज्योत्सना घिमिरेको मुख्य अभिनय रहेको `पीरिम लाउ है ´ बोलको गीत सार्वजनिक


काठमाडौं — पत्रकार तथा उदाउँदै गरेकी प्रतिभाशाली कलाकार ज्योत्सना घिमिरेको मुख्य अभिनय रहेको `पीरिम लाउ है ´ बोलको गीत सार्वजनिक भएको छ।
चर्चित गायिका रचना रिमाल तथा गायक तथा सर्जक यादव घिमिरेको स्वर रहेको आधुनिक नेपाली गीत ‘पिरिम लाउ है’ हालै यादव घिमिरे अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
यस गीतको शब्द सम्पादन संस्कृतविद आचार्य नविन गौतमले गरेका हुन् । गीतमा नेपाली समाजको सांस्कृतिक चेतना र जीवनदर्शनलाई अर्थपूर्ण ढंगले प्रस्तुत गरिएको छ।
विशाल निरौलाले संगीत संयोजन गरेको
गीतका शब्दहरू ठेट नेपालीपनलाई बोक्ने खालका छन् । मानिसलाई बाच्न प्रेरित गर्ने स्मृतिसँग जोडिएका प्रतीकको प्रयोगले गीत सान्दर्भिक बनेको छ ।
यस गीतमा प्रयोग भएको शब्द मार्सी चामलले नेपाली टिपिकल खानपानलाई बुझाएको छ । पोखरा, मामल जस्ता शब्दहरूले स्थान र सम्बन्धको भावनात्मकतालाई सम्बोधन गरेका छन् । `कान्छा दाइको मिनी बस´ जस्तो अभिव्यक्तिले ग्रामीण र शहरी जीवनबीचको सम्बन्धलाई सरल ढंगले उजागर गरेको छ ।


गीतमा प्रेमलाई क्षणिक आकर्षणका रूपमा होइन, निरन्तर बगिरहने विश्वास र समर्पणको सम्बन्धका रूपमा चित्रण गरिएको छ ।
यस गीतको म्युजिक भिडियोको निर्देशन, सम्पादन तथा रंग संयोजन एकान्त मगरले गरेका हुन भने म्युजिक भिडियोको छायांकन सञ्जोक श्रेष्ठको रहेको छ । नृत्य निर्देशन रोहित बस्नेत र आशिष राईले गरेका छन्। गीतको छायांकन बोडे कुमारी मन्दिर र कमलपोखरीमा गरिएको कलाकार घिमिरेले जानकारी दिइन ।
आधुनिक गीत आधुनिक भए पनि गीतमा भाषा, भाव र दृश्य संयोजनमार्फत मौलिकतालाई बेजोड ढंगले अभिव्यक्त गरिएको छ। गीतले अवस्य पनि दर्शक श्रोतासँग भावनात्मक संवाद गर्न सक्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।
यस गीतबारे कलाकार ज्योत्सना घिमिरेको धारणा छ -“ आधुनिक गीत पिरिम लाउ है’ मा काम गर्नु मेरो लागि भावनात्मक रूपमा पनि विशेष रहयो । किनकि यो मेरो आफ्नै दाइ यादव घिमिरेको सिर्जना हो । गीतको शब्द र संगीतमा रहेको माटोको गन्ध र सरल प्रेमभावले मलाई सुरुदेखि नै आकर्षित गर्‍यो। यो हामीले धेरै मेहेनत गरेर बनाएको गीत हो ,सबैले हेरिदिनु होला ।

यस गीतमा मेरो परिवारकै सहभागिता रहेको छ।साथमा अर्को महिला सहकर्मी मेरो आफ्नै बहिनी हुन।जसले गर्दा मेरा लागि यो निकै नै विशेष रहेको छ। हामीले अरूभन्दा फरक र पहिलो पटक सांस्कृतिक पहिरन धोतीको पहिरन बनाएर नृत्य र अभिनय गर्न पाउँदा खुशीले गदगद भए । गीत सकेसम्म मौलिकता प्रस्तुत गर्ने अवसर मिल्यो। दर्शकले यो गीतलाई माया गर्नुहुनेछ भन्ने धेरै अपेक्षा छ।”।

यसमा तपाइको मत