
आमा र बुबा, दुवइ मेरा, प्राण र पखेरु,
सोच्दछन् जहिले, सन्तान्का लागि, कसरी दगुरु?
आमाको काख, बुबाको साथ, छुट्दैन कहिले,
छोरा र छोरी, दुबैका लागि, दगुर्छन जहिले,
दुवैको माया, र ओत्ले गर्दा, कसैले छुदैन,
दु:ख र कष्ट, के हो नि भन्ने, थाहा नै हुँदैन,
सन्तान्का लागी, जे पनि गर्न, तयारी हुने छन,
मृत्यु नै ग्रहण, गर्नु नै परे, खुशी भै दिनेछन,
आमालाइ लक्ष्मी, बुबालाई विष्णु, भगवान् मानेर,
पुजौं हौ जहिले, दुवइ लाइ, सम्मान गरेर,
बुबाको दु:ख, आमाको दुख, बिर्सन हुँदैन,
सपना पूरा, नगरे सम्म, झुल्लिनु हुदैन,


