नाट्टा निर्वाचन: महासचिवमा सुशील पन्तको चर्चा बढ्दै



काठमाडौं — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी (२०२६–२०२८) कार्यकालका लागि महासचिव पदमा पर्यटन व्यवसायी सुशील पन्तले उम्मेदवारी घोषणा गरेसँगै उनको चर्चा बढ्दै गएको छ। कार्यकुशलता र कामप्रति केन्द्रित सोचका कारण उनी पर्यटन व्यवसायीमाझ परिचित व्यक्तित्वका रूपमा स्थापित छन्।
गोरखा जिल्लाको पालुङटारमा जन्मिएका पन्त विगत दुई दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले कानुनमा स्नातक तथा सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। हाल उनी गोर्खा इन्टरनेशनल ट्राभल्सका प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन्।


जीस्वा तुलाधर नेतृत्वको प्यानलबाट महासचिव पदका उम्मेदवार बनेका पन्तले नाट्टालाई सदस्य–केन्द्रित, पारदर्शी र प्रविधिमैत्री संस्था बनाउने लक्ष्य अघि सारेका छन्। साना तथा मझौला पर्यटन व्यवसायीको हित संरक्षण, डिजिटल रूपान्तरणलाई तीव्रता दिने तथा पर्यटन क्षेत्रलाई प्रतिस्पर्धी बनाउने योजना उनको प्राथमिकतामा रहेको छ।
समावेशी पर्यटन प्रवर्द्धन, नीतिगत सुधार र ‘सिग्नेचर प्रोजेक्ट’मार्फत संस्थागत विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गर्दै पन्तले आफ्नो नेतृत्वमा पारदर्शी, उत्तरदायी र व्यावसायिक पर्यटन वातावरण निर्माण हुने विश्वास व्यक्त गरेका छन्।

यसमा तपाइको मत