नाट्टा चुनाव: सदस्यमा गजुरेलको चर्चा बढदै


काठमाडौं — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचनमा पर्यटन व्यवसायी सुदर्शन गजुरेलले कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेसँग उनको चर्चा बढेको छ ।। उनी जिस्वाँ तुलाधर नेतृत्वको प्यानलबाट चुनावी मैदानमा उत्रिएका हुन्।
पर्यटन क्षेत्रमा लामो अनुभव बटुलेका गजुरेल सफल पर्यटन व्यवसायीका रूपमा परिचित छन्। उनले आफ्नो व्यावसायिक यात्रा पर्यटक गाइडबाट सुरु गरेका हुन्। विभिन्न भाषामा दक्ष गाइडका रूपमा काम गर्दै उनले सन् २०१४ मा Pearl Holidays Pvt. Ltd. स्थापना गरेका थिए। त्यसयता विदेशी पर्यटक नेपाल भित्र्याउन उनले योगदान पुर्‍याउँदै आएका छन्।
गजुरेलले अनुभव, इमानदारी र जिम्मेवारीलाई आफ्नो नेतृत्वको आधार मान्दै सशक्त, पारदर्शी र एकताबद्ध नाट्टा निर्माणमा प्रतिबद्धता व्यक्त गरेका छन्। सदस्यहरूको हित संरक्षण, पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय बजार विस्तार तथा पर्यटन क्षेत्रको दिगो विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको भनाइ छ।


यस प्यानलले “सदस्यको विश्वास, एकताबद्ध नाट्टा, समृद्ध पर्यटन व्यवसाय” भन्ने नारासहित एजेन्डाहरू सार्वजनिक गरेको छ ।
नाट्टा निर्वाचन नजिकिँदै जाँदा जिस्वाँ तुलाधर नेतृत्वको प्यानलबाट गजुरेलको उम्मेदवारी दिएपछि पर्यटन व्यवसायीबीच सकारात्मक चर्चा पाइरहेको एक व्यवसायीले बताए ।

यसमा तपाइको मत