
काठमाडौं — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स संघ (NATTA) को आगामी कार्यकाल (२०२६–२०२८ ) का लागि महासचिव पदमा उम्मेदवारी दिएका पुराना पर्यटन व्यवसायी सुशील पन्त पर्यटन व्यवसायीमाझ रुचाइएका उम्मेदवारका रूपमा चर्चामा छन्।
जिस्वा तुलाधर श्रेष्ठ नेतृत्वको समावेशी टिमबाट महासचिव पदमा उम्मेदवारी दिएका पन्तले नाट्टामा अब नयाँ सोच, नयाँ नीति र स्पष्ट कार्यदिशाको आवश्यकता रहेको बताएका छन्। बदलिँदो पर्यटन बजार र व्यवसायीका चुनौतीलाई सम्बोधन गर्न संगठनलाई थप सक्रिय, प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने उनको धारणा छ।

पन्तले आफूहरू केवल प्रतिबद्धता व्यक्त गर्न नभई परिणाम देखाउने उद्देश्यसहित निर्वाचनमा अघि बढेको बताए।
“हामी यस्तो संगठन निर्माण गर्न चाहन्छौँ, जसको नीति र कार्यदिशाले नेपालको पर्यटन उद्योगलाई नै नयाँ आयाममा पुर्याउन सकोस्। यो नयाँ परिवर्तनका लागि यसपटक जिस्वा तुलाधरको समावेशी टिमलाई ढुक्क भएर मतदान गरौँ,” पन्तले भने।
समाजसेवाका क्षेत्रमा विगत २८ वर्षदेखि गर्दै आएको कामलाई आफ्नो परिचय र अनुभवका रूपमा प्रस्तुत गर्दै पन्तले आफू बोल्नुभन्दा काम गरेर प्रमाणित गर्न चाहने व्यक्ति भएको बताए।
अग्रज, समकालीन तथा नयाँ पुस्ताका पर्यटन व्यवसायीहरूलाई सम्बोधन गर्दै संगठनलाई नयाँ सोच, समावेशी नेतृत्व र परिणाममुखी कार्यशैलीतर्फ लैजानुपर्ने आवश्यकता पन्तले औँल्याए।
जिस्वा तुलाधर श्रेष्ठ नेतृत्वको टिमले समावेशी नेतृत्व, उत्कृष्ट नीति र व्यवसायीमैत्री कार्यदिशालाई प्राथमिकतामा राखेको छ।
लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेको अनुभव, संगठनप्रतिको स्पष्ट दृष्टिकोण र काममार्फत परिणाम दिने प्रतिबद्धताका कारण पन्तलाई नाट्टाका धेरै रुचाइएका उम्मेदवारका रूपमा हेरिएको छ , एक पर्यटन व्यवसायीले भने ।




