एक देशविरुद्ध अर्को देशलाई कार्ड प्रयोग गर्ने ‘खुद्रा खेल’ खेल्न आफूलाई रची नरहेको बताए—ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई कार्डको रुपमा प्रयोग गर्न आफ्नो कुनै रुची नरहेको बताएका छन् ।PM-Kp-Oli

शुक्रबार संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा उपस्थित भएर एक देशविरुद्ध अर्को देशलाई कार्डको रुपमा प्रयोग गर्ने ‘खुद्रा खेल’ खेल्न आफूलाई रची नरहेको बताए ।

भारतले विनाकारण चाँढे चार महिना लामो नाकाबन्दी लगाएपछि कतिपयले चीन कार्ड प्रयोग गर्नुपर्ने आवाज उठाएको भन्दै उनले आफू त्यसरी कार्ड प्रयोग गर्ने पक्षमा नरहेको बरु दुवै छिमेकीसँग सन्तुलित व्यवहार गरी उनीहरुको विकासबाट लाभ लिने पक्षमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो साताव्यापी भ्रमण चीनलाई ट्रान्जिटको रुपमा प्रयोग गर्ने विषयमा छलफल केन्द्रीत हुने बताउनुभयो । उनले चीनलाई ट्रान्जिटको रुपमा प्रयोग गर्नका लागि तातोपानी नाका सुचारु गर्न, रसुवागढी नाकाको सडक फराकिलो पार्न र किमाथांकाको सडक दुई लिनको बनाउने विषयमा चिनियाँ नेतृत्वसँग कुरा गर्ने बताए ।

प्रधानमन्त्री ओलीले चिनियाँ नेतृत्वसँग विद्युत आयात निर्यातका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माण, ४ सय ३४ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना निर्माण, चक्रपथ विस्तारको काममा भइरहेको ढिलाइ, केरुङ-रसुवागढी-काठमाडौ रेलमार्गको निर्माण लगायतका विषयमा समेत छलफल हुने बताए । उनले दुई देशबीचको व्यापार विस्तारका लागि व्यापारसँग सम्बन्धित विषयमा सन्धी गर्नका लागि समझदारी गर्ने जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले प्रधानमन्त्री ओलीलाई मुलुकको अधिकतम हित हुने गरी भ्रमण केन्द्रीत गर्न सुझाव दिएका थिए ।

यसमा तपाइको मत