नेपाल र चीनबीच पारबहन लगायत १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर


उत्तरी छिमेकी मुलुक चीनबिच पारवहन, स्वतन्त्र व्यापार लगायत विभिन्न १० बुँदे महत्वपूर्ण सम्झौता भएको छ ।

चीन भ्रमणमा रहनु भNepal-Chaina-flag-358x300एका प्रधानमन्त्री केपी शर्मा ओली र चीनीयाँ समकक्षी लि खछ्याङबीच आज बिहान बेइजिङमा भएको भेटमा पारवहन तथा यातायात सम्झौतामा हस्ताक्षर भएको हो ।

यस्तै हुम्लाको हिल्सामा सुख्खा बन्दगह बनाउने, पोखरा विमानस्थल निर्माणका लागि सहुलियत ऋण दिने तथा चीनीयाँ बैंकको शाखा नेपालमा खोल्ने सम्झौतामा पनि हस्ताक्षर भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको सम्मानमा समकक्षी लिले आजै दिवा भोजको समेत आयोजना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आजै चीनीयाँ राष्ट्रपति सि जिनपिङसँग पनि भेट गर्नुहुने कार्यक्रम रहेको छ । भेटमा दिपक्षीय सहयोगका साथै नेपाललाई चीनले गर्ने सहयोगका विषयमा छलफल हुने बताइएको छ ।

सो क्रममा प्रधानमन्त्री ओलीले चीनीयाँ राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यदेवी भण्डारीले पठाउनु भएको निमन्त्रणा समेत हस्तान्तर गर्ने कार्यक्रम छ ।

आजै साँझ चीनका अन्तरराष्ट्रिय विभागका मन्त्रीहरुले प्रधानमन्त्री ओलीको सम्मानमा उहाँ बसेको गेष्ट हाउसमा रात्रीभोजदिने तयारी छ । आजको महत्वपूर्ण भेटपछि प्रधानमन्त्री ओलीले भोलीबाट अन्य व्यापारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत