काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएकै दिन प्रधानसेनापति राजेन्द्र क्षेत्री चीन भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री ओली आउँदो आइतबार चीन भ्रमण पूरा गरी स्वदेश फर्किँदै छन् । सोहि दिन प्रधानसेनापति क्षेत्री चीन प्रस्थान गर्नेछन् ।
नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले प्रधानसेनापतिको चीन भ्रमणको पुष्टि गर्दै विस्तृत जानकारी विज्ञप्तिमार्फत् दिइने बताए ।



