इजिप्ट एयरको विमान अपहरण


इजिप्ट एयरको एउटा विमान अपहरणमा परेको छ। इजिप्टको सहर अलेक्जान्ड्रियाबाट उडेको सो विमान अपहरणपछि साइप्रसको लार्नाकामा अवतरण गरेको छ।  ६० यात्रु बोकेको ए ३२० एयर बस इजिप्टको एलेक्टजेन्डियाबाट कायरो जाँदै गरेको थियो। बिबिसीका अनुसार उक्त विमान अहिले साइप्रसको लारनाकामा अवतरण गरेको छ l विमानमा कम्तिमा एक अपहरणकारी रहेको बताइएको छ  l

विमान अपहरण गर्नेको पहिचान नभएपनि सम्पूर्ण प्रहरी बल विमानस्थलबाट हटेमा महिला र बाल बालिकालाई मुक्त गर्ने प्रस्ताव अपहरकारीका तर्फबाट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्l

यसमा तपाइको मत