२० चैत, दाङ । हालै मात्र माओवादीका छाडेका हेमन्त प्रकाश ओलीले शनिबार नयाँ पार्टीको घोषणा गरेका छन् । नयाँ पार्टीको नाम कम्युनिष्ट न्यूक्लियस नेपाल राखिएको छ ।
घोराहीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ओलीले एमाओवादीले क्रान्तिको कार्यभार पुरा नगरेकाले नयाँ पार्टी बनाउनु परेको बताए ।
जनयुद्ध सञ्चालन गरेको एमाओवादी नेतृत्व नै प्रतिक्रान्तिमा उत्रिएकाले जनताहरुले प्राप्त गरेका उपलब्धीहरु गुम्दै गएको भन्दै ओलीले नेपालका कम्यूनिष्ट शक्तिहरुका बीचमा एकीकरण अपरिहार्य भएको बताए ।
पत्रकार सम्मेलनमा ओलीले कम्युनिष्ट अगुवाहरुलाई समेटेर कम्यूनिष्ट न्यूक्लियस नेपालको ११ सदस्यीय समिति सार्वजनिक गरे । न्यूक्लिएसको संयोजकमा हेमन्त प्रकाश ओली आफैं छन् ।
केन्द्रीय समितिमा विकास शर्मा (पश्चिमाञ्चल), डा. ऋषिराज बराल (पुर्वाञ्चल), रमेश पुन (मध्यपश्चिमाञ्चल), विमर्श शर्मा (सुदूरपश्चिमाञ्चल), शेरकुमार खड्का गति (मध्यपश्चिमाञ्चल), मनप्रसाद श्रेष्ठ शिशिर (मध्यपश्चिमाञ्चल), तिर्थ वली (मध्यपश्चिमाञ्चल), धनबहादुर वली सौरभ छन् ।
निशानदाजु भट्टराईको सहयोगमा



