काठ
माडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
बुधबार भएको निर्वाचनमा नेता रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा दलको नेता निर्वाचित भएका हुन् । उक महिना अगाडी भएको १३ औं महाधिवेशनमा पनि पौडेललाई नै पराजित गर्दै देउवा सभापति बनेका थिए ।
बुधबारको निर्वाचनमा कुल २०६ मत खसेकोमा देउवाले १३९ मत पाएका छन् भने पौडेलले ६७ मत मात्र पाएका छन् ।
विरामी भएका कारण नरहरि अचार्य भने मतदानमा सहभागी हुन सकेनन् ।
पार्टी छाडेको घोषणा गरेका सांसद सुरेन्द्र चौधरीले पनि मतदान गरेका छन् । महाधिवेशनका क्रममा क्षेत्रमै पराजित भएपछि उनले कांग्रेस पार्टी छाडेको घोषणा गरेका थिए ।



