प्रधानमान्त्री केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच भेटवार्ता भएको छ ।
कमलविनायकस्थित बिजुक्छे निवासमा सोमबार भेट्न पुगेका प्रधानमन्त्री ओली र बिजुक्छेबीचको भेटमा भूकम्पपीडितलाई छिटो राहत पुग्ने गरी पुनः निर्माणको काम सुरु हुनुपर्ने बारेमा छलफल भएको थियो ।
करिब आधा घन्टा भएको भेटवार्तापछि बिजुक्छेले यसबारे प्रतिक्रिया दिँदै भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्ने माग गरेको बताएका थिए ।
वास्तविक भूकम्प पीडितले राहत नपाएको हुँदा बिजुक्छेदले यसबारे बोल्दै स्थानीय निकायलाई यसको जिम्मेवारी दिनुपर्नेमा बिजुक्छेले बोलेका थिए ।
‘पुनः निर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्छ, तब मात्र वास्तविक पीडितले सहज राहत पाउँछन् । घर र जग्गा नहुने पीडितलाई स्थानीय निकायले जग्गा खोजेर व्यवस्थापन गर्न सक्छ, त्यसैले प्रधानमन्त्रीसँग पुनः निर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्छ’ विजुक्छेले भने ।
प्रधानमन्त्री ओलीले प्राधिकरणसँग छलफल गरेर यसबारेमा निर्णय लिने आश्वासन दिएको र लालपुर्जा नभएकालाई पनि राहत दिने व्यवस्था हुनुपर्ने उनको धारणा थियो ।
f



