रातो मच्छिन्द्रनाथको रथयात्रा सुरू


काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु भएको छ । मंगलबार बाजागाजासहित रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरिएको हो ।

rato-machindranath-Rath-Jatra-2

 

पहिलो दिन ललितपुरको पुल्चोकबाट गाबहालसम्म रथ तानिएको छ । रथ तान्ने कार्यक्रममा भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो । रथ बुधबार गाबाहालबाट हाका पुर्‍याइने छ । रथलाई पाटनका सबै टोल घुमाएर जावलाखेल पुर्‍याइएपछि अन्तिममा भोटो देखाउने चलन छ rato-machindranath-Rath-Jatra-3

 

रातो मच्छिन्द्रनाथको रथ जात्रा काठमाडौ उपत्यकाको सबैभन्दा लामो र प्रसिद्ध जात्रा हो । यो जात्रा एक महिनासम्म चल्छ । गत वर्ष भुकम्पका कारण रातो मच्छिन्द्रनाथको जात्रा प्रभावित भएको थियो ।rato-machindranath-Rath-Jatra-5

यसमा तपाइको मत