राधिका ढकाल, वैशाख मेलम्ची खानेपानी आयोजनाको १६ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्म २७ किलोमिटर लामो सुरुङमध्ये अझै ११ किलोमिटर खन्न बाँकी छ । भूकम्प र नाकाबन्दीका कारण झन्डै १ वर्षसम्म रोकिएकोे काम दुई महिनाअघि सुरु भएको थियो । फागुनको अन्तिम साताबाट सुरुङ खन्ने काम सुरु भएपछि हालसम्म २ किलोमिटर भन्दा बढी सकिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए । उनका अनुसार मार्च र अप्रिलमा प्रतिमहिना झन्डै १ किलोमिटरका दरले सुरुङ खनिएको छ । “एक साता अघिसम्म दैनिक ४० मिटरसम्म सुरुङ निर्माण भइरहेको थियो,” उनले भने, “तर अहिले भूर्गभको अवस्था खराब भेटिएपछि काम घटेर दैनिक २२ देखि २५ मिटरमा सीमित भएको छ ।” मार्च र अप्रिलमा दैनिक ३० देखि ३३ मिटर सुरुङ खनिएको समितिले जनाएको छ । दैनिक ४० मिटर सुरुङ खनेपनि सम्पन्न गर्न अझै एक वर्ष लाग्नेछ । मेलम्चीको रिबर्मादेखि राजधानीको सुन्दरीजलसम्मको २७ किलोमिटर लामो सुरुङको काम सम्पन्न गरी वैशाखदेखि मेलम्चीको पानी राजधानीमा ल्याउने सरकारको लक्ष्य थियो । मेलम्ची आयोजनाको सन् २००२ देखि निर्माण कार्य सुरु भएको थियो । निर्धारित तालिकाभित्र काम पूरा नहुँदा यसअघि आयोजनाको तालिका तीनपटक संशोधन भइसकेको छ । सन् २००९ देखि आयोजनाको सुरुङ निर्माण कार्य सुरु गरेको चाइना रेल्वेले सन् २०१३ सेटेम्बरसम्म काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर उसले साढे तीन वर्षमा बल्लतल्ल ६ किमि मात्र सुरुङ खनेर सन् २०१२ मा एकतर्फी ठेक्का सम्झौता तोडेको थियो । यसपछि मेलम्चीको बाँकी २१ किलोमिटर लामो सुरुङ ३० महिनाभित्र सक्ने प्रतिबद्धतासहित ०७० साउनमा ७ अर्ब ७० करोड रुपैयाँमा सरकारसँग सुरुङ निर्माण इटालियन को–अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी) र भारतीय कम्पनी दि—राभेनाको संयुक्त उपक्रमले ठेक्का लिई काम गरिरहेको छ । तर सीएमसीले पनि आफैंले दिएको कार्यतालिका अनुसार काम गर्न सकेको छैन । – See more at: http://np.karobardaily.com/2016/05/84601/#sthash.j3ClbeiH.dpuf
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

