माओवादीहरुको एकतापछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’


काठमाडौं । विभिन्न टुक्रामा विभाजित माओवादीहरुको एकता घोषणा आज हुँदैछ । एकता घोषणा अघि बबरमहलस्थित एक पार्टी प्यालेसमा अहिले संयुक्त अधिवेशन चलिरहेको छ ।

Maoist-Centreदिउँसो ३ बजे पार्टी एकताको औपचारिक घोषणा हुनेछ । एकता प्रक्रियामा एमाओवादीसँगै नेकपा क्रान्तिकारी माओवादीबाट आएका रामबहादुर थापा बादलको समूह, विप्लव माओवादीबाट आएका तिलक परियारको समूह, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट, मातृका यादवको नेकपा (माओवादी) र जयपुरी घर्ती संलग्न छन् ।

एक शीर्ष नेताका अनुसार पार्टी एकतापछि पार्टीको नाम नेकपा (माओवादी केन्द्र) राख्ने सहमति भएको छ ।

नयाँ पार्टीको अध्यक्ष प्रचण्ड नै रहनेछन् । नारायणकाजी श्रेष्ठ प्रकाश उपाध्यक्षमै रहनेछन् भने रामबहादुर थापा बादल महासचिव हुने र कृष्णबहादुर महरा उपमहासचिव हुनेछन् ।

बहुपदीय प्रणालीमा जानै निष्कर्ष निकालेका माओवादी पार्टीहरुले एक वर्षभित्र महाधिवेशन गर्ने समझदारी गरेका छन् । त्यसका लागि झण्डै ६ सय सदस्यीय महाधिवेशन आयोजक समिति बनाइँदैछ । ५ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने तयारी भइरहेको एक नेताले जानकारी दिए ।

यसमा तपाइको मत