![Joj:yflksf ;+;b a}7s–cy{dGqL kf}8]n Joj:yflksf ;+;bsf] a}7sdf laxLaf/ cfj @)ځ4fGt / k|fyldstf ;DaGwdf cjut u/fpg'x'Fb} cy{dGqL lji0f'k|;fb kf}8]n . tl:a/ M /Tg >]i7, /f;;](http://www.khojonline.com/wp-content/uploads/2016/05/finance_minister11-300x168.jpg)
काठमाडौं : सरकारले निजामति कर्मचारी, प्रहरी, नेपाली सेना तथा शिक्षकहरुका लागि १३ देखि २३ प्रतिशतसम्म तलबभत्ता सुविधा बढाउने तयारी गरेको छ।
दुई वर्षदेखि तलब नबढिरहेको पृष्ठभूमिमा सरकारले जेठ १५ गते ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा तलब सुविधा बृद्धि गर्न लागेको जानकारी अर्थमन्त्रालय स्रोतले दिएको छ।
कर्मचारीहरुले भने मूल्य वृद्धि धेरै भइसकेकोले तलब ५० प्रतिशतले बढाउनु पर्ने माग राखेका छन्। सरकारले भने धान्न सकिने गरी सुविधा वृद्धि गर्न लागेको हो।
‘माग त धेरै नै आएको छ तर क्षमता अनुसार बढाउनु पर्ने हुन्छ,’ स्रोतले भन्यो, ‘तयारी बढीमा २३ प्रतिशतसम्मको छ । त्यसमा पनि दीर्घकालीन भार नपर्ने गरी भत्ता मिसाएर तलब बढाइने छ ।’
तलब मात्र बढाउँदा नियमित तलबबाहेक पेन्सन थाप्ने पूर्वकर्मचारीहरुलाई पनि त्यही अनुपातमा रकम दिनु पर्ने भएकाले बढी भार पर्छ। त्यही भएर सरकारले भत्ताको पनि व्यवस्था गर्न लागेको हो। भत्ता बढाउँदा भने पूर्वकर्मचारीहरुलाई त्यो दिनु पर्दैन। र, सरकारलाई दीर्घकालिन भार कम पर्छ।
सरकारले १३ प्रतिशतले स्केल र बाँकी हुने १० प्रतिशत रकम भत्ताका रुपमा दिने योजनाको तयारी गरेको छ। ‘मोटामोटी सहमति २३ प्रतिशत हो तर अन्तिम समयमा यसमा केही थपघट हुनसक्छ’ स्रोतले भन्यो, ‘बढ्दा पनि २३ प्रतिशतभन्दा माथि त पुग्दैन । स्रोत व्यवस्थापन गर्दै जाँदा केही असजिलो अवस्था आए प्रतिशत घट्न सक्छ ।’
सरकारले तलब सुविधा बृद्धि गर्दाको असर सोझै मूल्य बृद्धिमा पर्न जान्छ । तलव सुविधाका रुपमा बजारमा पैसाको प्रवाह बढ्दा बस्तु तथा सेवाको भाउ वढ्ने गरेको छ ।
सरकारले तलव सुविधा बृद्धि गर्दा अर्धसरकारी संस्थाहरुमा पनि वढाउनु पर्ने हुन्छ । निजी क्षेत्रलाई पनि तलव सुविधा वढाउने दवाव पर्छ । निजी संगठित संस्थाहरुमा पनि तलव बृद्धिको दवाव पर्छ।



