जुम्ला, जेठ९ । नेपालको पिछडिएको दुर्गम कर्णाली अञ्चलको जुम्लामापहिलो पटक अपाङ्गता भएका व्यक्तिहरु सहभागी ह्विलचेअर बास्केटबल तथा क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पाराओलम्पिक कमिटी, नेपाल स्पाइनल कर्ड ईञ्जुरी खेलकुद संघ, स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्र, वि.आई.ए र अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र, जुम्लाको आयोजनामा अतिअशक्त अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रियस्तरको ह्विलचेयर बास्केटवल र क्रिकेट प्रतियोगिता यही जेठ ७ देखि ९ गतेसम्म सञ्चालन भएको हो । खेल आयोजनाकालागि काठमाडौंवाट अपाङ्गता भएका व्यक्तिहरु, सहयोगी र चिकित्सकगरी ४० जनाको टोली कर्णाली राजमार्ग भएर जेठ ६ गते जुम्ला आइपुगेको थियो ।
प्रतियोगिताको पहिलो दिन जेठ ७ गते जुम्ला बजारमा ह्विलचेयर ¥याली गरिएको थियो । काठमाडौंबाट प्रतियोगितामा
सहभागी हुन जुम्ला आइपुगेका २४ जना र स्थानीय गरी करिब ३५ जना अपाङ्गता भएका व्यक्तिहरु, खेलसम्वद्ध संस्थाका पदाधिकारी र सदस्यहरु, खेलप्रेमी सर्वसाधारणहरु लगायत विभिन्न सरोकारवाला निकायहरुको सहभागितामा स्थानीय बाजागाजा सहित बृहत् ¥यालीले जुम्ला बजार परिक्रमा गरेको थियो । जुम्ला बसपार्क, होटल स्टार मुख्य बजार हुदै टँुडिखेल मैदानमा पुगेको ¥याली जुम्लाबासीहरुकालागि पहिलो र पृथक रहेको अनुभव थियो । अपाङ्गता भएका व्यक्तिहरुप्रति समाजको हेर्ने दृष्टिकोण सकारात्मक बनाउन र जस्तोसुकै परिस्थिति एवम् परिवेशमा सपाङ्ग व्यक्ति सरह काम गर्न सक्छन् र असम्भव भन्ने संसारमा कुनैपनि चीज छैन कुराको सन्देश स्थानीयस्तरदेखि विश्व समुदायसम्म पु¥याउन कर्णालीको जुम्लामा यो खेल आयोजना गरिएको आयोजक संस्थाहरुले जनाएका छन् । ¥यालीले बजार परिक्रमा गरी टुँडिखेल मैदान पुगेपछि जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम समावेश भएका जुम्लावासी म्याराथुन धावक हरिबहादुर रोकाया तथानेपाल पाराओलम्पिक कमिटीका महासचिव कुमार पौडेलले संयुक्त रुपमा ब्यानर पढेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । बास्केटबल खेल उद्घाटन प्रमुख अतिथि प्रजिअ पण्डितले खेलाडीलाई बास्केटबल हस्तान्तरण गरेर गर्नु भएको थियो ।
जेठ ९ गते आईतबार सम्पन्न भएको बास्केटवल फाईनल प्रतियोगितामा काठमाडौं आर्मी टिम विजयी भएको छ । काठमाडौं आर्मी टिमले २९ स्कोर ल्याई विजय हात पारेको
छ भने उपविजेता जुम्लाले ११ अंक ल्याएको थियो । यसैगरी बास्केटवलमा तृतीय स्थान कालिकोटले हात पारे



