मुगु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न तीन दल एक ठाँउमा उभिनुको विकल्प नभएको बताएका छन्।
नेपाल तरूणा दल जिल्ला कार्यसमिति मुगुको चाैंथाे जिल्ला अधिवेशन उद्घाटन गर्दै थापाले संविधानमा स्थानीय, संसदीय तथा राष्ट्रिय गरी तीनवटै निर्वाचन पूरा गर्न डेढ वर्षको समय सीमा भएको उल्लेख गर्दै निर्धारित समय सीमाभित्र तीनवटै निवार्चन हुन नसके देश गम्भीर अवस्थामा फस्ने बताए ।
उनले लामो समय देखि राज्यले कर्णालीलार्इ हेर्ने दृष्टिकोणका कारण यस क्षेत्र पछि परेको भन्दै त्यसतर्फ राज्य गम्भिर बन्नुपर्ने बताए । उनले कर्णाली संवृद्ध रहेकाे भन्दै यसबाट राज्यले फाइदा लिन नजानेको बताए ।



