काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सत्ता साझेदार नेकपा माओवादी केन्द्रले छाडने नै अवस्था आए संसद विघटन गर्ने मनस्थिति बनाएका छन् । उनले आफ्नो पार्टीभित्र आन्तरिक छलफलका क्रममा संसद विघटनका विषयमा कुराकानी भएको जनाइएको छ । माओवादीले छोडेर काँग्रेसतिर जाने परिस्थितिमा लिनुपर्ने रणनीतिबारे ओलीले परामर्श लिएका हुन । त्यस क्रममा उनलाई सकेसम्म माओवादीलाई मिलाएर लैजानुपर्ने नभए संसद विघटन उपयुक्त सल्लाह दिइएको एमाले स्रोतलाई उदृत गर्दै विभिन्न सञ्चार माध्यमले जनाएका छन् । माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनको पहल लिने निर्णय गरेको छ । यद्यपि उक्त पार्टीका नेता पुष्पकमल दाहालले एमालेलाई साथ छोडिहाल्ने संकेत भने दिएका छन् । यसअघि काँग्रेसले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री हुन समर्थन गर्ने आश्वासन दिएको बेला एमालेले माओवादीलाई नौ बुँदे लिखित तथा गएको यही असार १५ मा सत्ता हस्तान्तरणको भद्र सहमति गरेर सरकार ढल्नबाट जोगाएको थियो । उक्त भद्र सहमति अनुसार ओलीले राजीनामा नदिएपछि दाहाल सरकार छोडने वा नछोडने विषयमा अन्यौलमा परेका छन् । अहिलेको सरकारको साथ छोडिहाल्दा काँग्रेसले पनि धोका दिनसक्ने उनको चिन्ता देखिन्छ । ओलीले एमालेभित्र मात्रै नभएर माओवादीसँग पनि सरकार गठनका विषयमा कुरा गरेका छन् । माओवादीले भने भद्र सहमतिअनुसार चल्न दबाब दिए पनि ओलीले भने जनमत आफ्नो पक्षमा रहेको भन्दै अहिलेकै सरकारलाई सहयोग गर्न आग्रह गर्दै आएको जनाइएको छ । परामर्शकै क्रममा ओलीले आइतबार साँझ महासचिव ईश्वर पोखरेल र नेता शंकर पोखरेलसँग तथा सोमबार साँझ उपप्रधानमन्त्री भीम रावल, कानुनमन्त्री अग्नि खरेललगायतसँग छलफल गरे । त्यस क्रममा उनले आफूले राजीनामा दिनु उपयुक्त हुने कि संसद विघटन गरी चुनाव घोषण गर्न ठिक हुन्छ ? भनि सोधेका थिए । नेताहरुले भने माओवादीसँगै एक पटक गहन छलफल गर्ने र अन्तिम अवस्थामा संसद विघटन गरी चुनाव घोषणा गर्दा उपयुक्त हुने सल्लाह दिएको जनाइएको छ ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

