ता दिवस मनाउन र्यालीसहित सिंहदरवार अगाडिको पृथ्वी नारायण शाहको सालिकमा फुलमाला चढाउन गएका राष्ट्रिय जनसंघर्ष मोर्चाका कार्यकार्तामाथि भएको प्रहरी दमनका विरुद्ध मोर्चाले शसक्त प्रतिकार गर्ने चेतावनी दिएको छ।पत्रकार सम्मेलनमा मोर्चा आन्दोलन परिचालन कमिटिका संयोजक विक्रमबहादुर बमले पृथ्वी नारायण शाहले तरवारको भरमा एकता गरेको सम्झनामा आफूहरुले काठको तरवारसहित झाँकी निकाल्दा प्रहरीले दमन गरेको भन्दै पूर्व जानकारी सहित कार्यक्रम गर्दा पनि दमन गर्नु आश्चर्यजनक भएको बताए।
मोर्चाका संयोजक श्याम तिम्सिनाले अरुलाई सालिकसम्म पुग्न दिने तर आफूलाई रोकेर दमन गर्ने सरकारी नीति बुझिनसक्नु भएको भन्दै यो घटनाले सम्पूर्ण राष्ट्रवादी शक्तिको अपमान गरेको दावी गरे । कार्यक्रममा मोर्चाका सह संयोजक सरदचन्द्र दाहाल, अस्मिता भण्डारी लगायतकाले प्रहरी दमनका विरुद्ध आक्रोस ब्यक्त गर्दै राज्यले आफूहरुलाई विभेद गरेको आरोप लगाएका थिए।
प्रहरीको लाठि लागेर राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष सिद्धार्थ अधिकारी, शिवसेनाका अध्यक्ष विक्रमबहादुर बम, केन्द्रीय सदस्य ठाकुरलगायतका एक दर्जन घाइते भएका छन्। प्रर्दशनकारीहरुले सांकेतिक रुपमा एकीकरण गर्न पृथ्वी नारायण शाहले प्रयोग गरेको तरवारको काठको १०८ प्रतिरुप बोकेका थिए।



