विश्वविद्यालयमा भागबण्डाका आधारमा नियुक्ति हुँदैन: ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरुमा प्राध्यापकहरुको नियुक्ति गर्दा राजनीतिक भागबण्डाका आधारमा नभई निष्पक्षता र प्राज्ञिक आधारमा गरिने बताkp-oli-vabi-Pm-445x300एका छन्।
 प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार विहान लोकतान्त्रिक प्राध्यापक संघका पदाधिकारीले बुझाएको ज्ञापन बुझ्दै प्रधानमन्त्री ओलीले योग्यता, क्षमता र योगदानका आधारमा विश्वविद्यालयहरुमा नियुक्ति हुने विश्वास दिलाएका हुन्। उनले नियुक्ति गर्दा समान योग्यता हुनेहरुबीच पक्षपात नगरिने स्पष्ट पारेका छन्।
 ओलीले शिक्षण संस्थाहरु र अस्पताल जस्ता संस्थाहरुमा माग पूरा गराउने नाममा तालाबन्दी र बन्द हडताल जस्ता काम सरकारलाई सैह्य नहुने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।
प्रधानमन्त्रीसँगको भेटमा संघका अध्यक्ष डा. उदय किशोर तिवारीको नेतृत्वको प्रतिनिधि मण्डलले विश्वद्यिालयहरुमा गरिने नियुक्तिहरुमा संघको समेत प्रतिनिधित्व हुनुपर्ने माग गरेका थिए।
संघले विभिन्न विश्वविद्यालयहरु तथा विश्वविद्यालय अनुदान आयोगमा क्षमता र दक्षताका आधारमा पारदर्शी रुपमा पदाधिकारीहरु नियुक्ति गर्न तथा स्वच्छ रुपमा प्राज्ञिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक कानूनी व्यबस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएको छ।

यसमा तपाइको मत