मगर समुदायले पनि टुँडिखेलमा भेला भएर माघे संक्रान्ति पर्व मनाए


१ माघ, काठमाडौं । माघे संक्रान्ति पर्व बिभिन्न समुदायले आ-आफ्नै तरिकाले मनाउने गर्दछन् । विशेष गरी घ्यु, चाकु, तीलको लड्डु र सखरखण्ड खाएर मनाइने माघे संक्रान्ति पर्वको थारु समुदायमा विशेष महत्व छ ।

माघे संक्रान्तिलाई थारु भाषामा ‘माघी’ भनिMaghi-Festival-2072-13न्छ । माघी थारुहरुको नयाँ बर्ष हो । माघ १ गतेदेखि उनीहरु बर्षभरीका नयाँ योजना बनाउने, नयाँ अगुवा छान्ने, आफूभन्दा ठूलाबाट आशिर्वाद लिने लगायतका काम
गर्दछन् ।

थारु बस्तीमा माघीको बेग्लै रौनक छ । आफन्तहरुसँग बसेर खानपिन र नाचगान गर्दै रमाइलो गरी माघी मनाउन टाढा-टाढाबाट मानिसहरु घर फर्किन्छन् । राजधानीमा बसोबास गरेका र काम विशेषले घर फर्किन नपाएकाहरुले भने शुक्रबार दशरथ रंगशाला र टुँडीखेलमा भेला भएर माघी पर्व मनाएका छन् ।

 

परम्परागत थारु पहिरनमा सजिएकाहरुको कार्यक्रममा विशेष चहलपहल थियो । कार्यक्रमस्थलमा जाँड, ढिक्री, घोंघी, मुसा, बंगुरको मासु लगायतका परिकार थिए ।

मगर समुदायले पनि टुँडिखेलमा भेला भएर माघे संक्रान्ति पर्व मनाएका छन् । थारु र मगर समुदायको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए । नेपाल साँस्कृतिक विविधता र आपसी एकताबाट अघि बढ्ने भन्दै प्रधानमन्त्रीले सबै जातजातिको चाडपर्वलाई समान महत्व दिने बताए ।

माघी मनाउने कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नायिका रेखा थापा पनि सहभागी थिए ।

 

यसमा तपाइको मत