प्रतिबन्धित भारतीय नोट सटही , उत्तरदायित्व कसको ?


नेपाली मिडियामा यो हप्ता निक्कै गार्मागर्मि भएको समाचार मध्ये भारतीय रुपैया (आई.सी ) हो | भारत सरकारले जब जब भारतीय रुपियाँ प्रतिबन्धित गर्छ , तब तब नेपालको अर्थतन्त्रमा केहि न केहि प्रभाव पारेको हुन्छ | यस सम्बन्धि नेपाल राष्ट्र बैंक के कस्तो योजना बनाउछ  हालसम्म पनि प्रकाशमा ल्याएको छैन | बजारिया हल्ला अनुसार  रु. ५००,१०००/- को भारतीय नोटले नेपाली जनतासंग  रहेका करिब १० अरब नोटहरू कागजको खोस्टामा परिणत हुने अनुमान गरिएको छ | यसबारे सहि , सत्य , तथ्य र खोजीको बिषय बनेको छ | बजारमा चलेका हल्लाहरु साच्चिकै  हुन् भने यसबारे नेपाल राष्ट्र बैंक र नेपाल सरकार किन मौन देखिन्छ ? नेपाली जनतासंग भएका ती नोटहरू सटही गर्ने उत्तरदायित्व कसको हो ? यस्ता बिषयहरुमा सरकार र राष्ट्र बैंक मौन देखिनुले यसको चलखेल ठुलै जमातको हो कि भन्ने शंका गर्न सकिदैन र ? यी र यस्तै रवैयाहरुले गर्दा नै नेपाली जनमानस पछि परेका हुन् कि ?

यसमा तपाइको मत