प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेतासँग संविधान संशोधनका विषयमा छलफल


morcha-prachandaमंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेतासँग संविधान संशोधनका विषयमा छलफल गरेका छन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधनमा मधेसी मोर्चा सन्तुष्ट छैन । मोर्चाको हिजो बसेको बैठकले संविधान संशोधनले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै यथास्थितिमा संशोधन स्विकार गर्न नसक्ने निर्णय गरेको थियो ।

आजै संघीय गठबन्धको बैठक पनि बस्दै छ ।

यसमा तपाइको मत