हाम्रा खोज अनलाइनका सम्वाददाता,खोज रेडियोका प्रस्तोता डा.माधव प्रसाद सापकोटालाइ चाडो भन्दा चाडो रिहा गरियोस


नेपालको शैक्षिक निकायका उच्च पदहरुमा ठुला बडाकै वा पहुचवालाहरु कै बोलवाला भै रहेको छ /यसमा लोक सेवाको प्रवाभ कारी भूमिका हुनु पर्ने थियो /शैक्षिक संस्थाहरुमा रिक्त रहेको पदहरु आफ्ना नातेदार अथवा पहुचवाला का सन्तानहरुलाई मात्र प्रबेस गर्ने गरेको पाइन्छ / यस कै फल स्वरूप हाल त्रिभुवन बिश्व बिद्यालयको नेपाली बिभागको केन्द्रीय कार्यालयमा भएको तोडफोडलाइ लिन सकिन्छ /यो एउटा सानो झिल्को मात्र हो सांचिकै आन्दोलन हुने हो भने को कसलाई तान्ने हो आगामी दिनहरुले नै बताउछ /कुनै पनि शैक्षिक संस्था कसैको पेवा होइन/कसैको साला साली हरुलाई भर्ना गर्ने भर्ती केन्द्र होइन/योग्य इमान्दार व्यक्तिहरुलाई यसरीनै पाखा लगाउदै जाने हो भने त्रिभुवन बिश्व बिद्यालय एक दिन खरानी हुन्छ/समयमै यस तर्फ सम्बन्धित निकायहरुमा ध्यान जानु अति आवस्यक छ /सामान्य बिरोध गर्दा प्रहरी हस्तछेप गरी थुनामा लैजाने प्रयत्न गर्छ भने सोझा सिधा जनताहरुले कसरी न्याय पाउने? त्यस कारण न्यायको लागि संघर्ष शिल हाम्रा यस खोज अनलाइनका सम्वाददाता,खोज रेडियोका प्रस्तोता डा.माधव प्रसाद सापकोटालाइ चाडो भन्दा चाडो रिहा गरियोस  /

यसमा तपाइको मत