नेकपा (माओवादी) का महासचिव विप्लवले काठमाडौँको चन्द्रागिरी डाँडा बेचेर खान नपाइने बताएका छन् । उनले धार्मिक र प्राकृति रुपमा महत्वपूर्ण चन्द्रागिरीलाई स्थानीय जनतालाई नसोधेर ब्यक्तिगत नाफामा बेचेको बताए । शनिबार विहान एक टेलिभिजनसँग अन्तरवार्ताको क्रममा ‘चन्द्रागिरी डाँडो, अपर कर्णाली, अरुण तीन स्थानीय जनता र हामीसँग नसोधेरै बेच्न पाइन्छ ? कसले दियो त्यो अनुमति ?’ विप्लवले भने । प्रधानमन्त्रीले चन्द्रागिरी हिल्सले निर्माण गरेकाे केबुलकारकाे उद्घाटन गरेकाे दुई दिनपछि व्यक्तिकाे नाफाकाे लागि चन्द्रागिरी डाँडाे बेचिएकाे बताएका हुन् । चन्द्रगिरीलाई केही व्यक्तिहरुले लुटकाे थलाे बनाएकाे भन्दै अालाेचना भइरहेकाे बेला प्रधानमन्त्रीले केबुलकारकाे उद्घाटन गरेका थिए । नेपाली नदीको मुहानमा विजुली निकालेर भारत लैजाने आफ्नो पार्टीलाई मान्य नभएको बताउँदै राष्ट्रियता र प्राकृतिक सम्मपतिको आफ्नो पार्टीले रक्षाको लागि लड्ने बताए । महासचिव विप्लवले प्रचण्ड–बाबुरामले माओवादी आन्दोलनलाई धुलोमा पल्टाएको र आफूहरुले उक्त धुलो टक टकाई सकेको बताए । संसदीय व्यवस्थाले देश र जनताको रक्षा गर्न नसक्ने दाबी गर्दै आफ्नो पार्टीले राजनीतिक परिवर्तनको आन्दोलनलाई अगाडि बढाएको विप्लवले बताए । ‘शान्तिपूर्ण प्रतिस्पर्धा गर्छु भन्दा पनि माइक खोसिन्छ, नारा लेख्न दिइदैन, संसदीय व्यवस्था ठिक छैन भन्दा दमन गरे बाध्य भएर प्रतिरोध हुन्छ’ विप्लवले भने । उनले जागिर खाए भन्दैमा प्रहरीलाई माइक नखोस्न चेतावनी समेत दिएका छन् । –
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

