सातौँ राष्ट्रिय खेलकुद शुक्रबारदेखि पूर्वाञ्चलमा सुरु हुँदै


पुस । सातौँ राष्ट्रिय खेलकुद शुक्रबारदेखि पूर्वाञ्चलमा सुरु हुँदै छ । साताव्यापी जारी रहने सो प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

सो प्रतिस्पर्धामा तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने आयोजक ले जनाएको छ ।

प्रतियोगिताबारे जानकारी दिँदै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले प्रतिभावान् खेलाडीको खोजीमा सातौैँ राष्ट्रिय खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले सन् २०१९ मा नेपालमा हुने सार्क खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गर्नमा पनि यो प्रतियोगिता उपयोगी हुने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको भोलि विराटनगरको सहिद रङ्गशालामा एक भव्य समारोहबीच उद्घाटन गर्नेछिन् । प्रतियोगितामा सहभागी हुन खेलाडी र प्रशिक्षकलगायत विराटनगर आउनेक्रम जारी रहेको र सबै तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ ।

यसमा तपाइको मत