संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दै


पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दैछ । प्रमुख तीन दलबीच चुनावको मिति घोषणाबारे सकारात्मक छलफल भएलगत्तै मधेसी मोर्चाले बैठक बोलाएको हो ।

तमलोपा कार्यालय विजुलीबजारमा विहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने बताउँदै आएको छ । तर, कांग्रेस, एमाले र माओवादी भने छिट्टै चुनाव घोषणाको तयारीमा जुटेका छन् ।

यसमा तपाइको मत