काठमाडौंको टुडिखेल तथा देश अन्य क्षेत्रहरुमा पनि गुरुङ समुदायले आज ल्होसार मनाउँदैछ । काठमाडौंमा हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु समेत सहभागि हुनेछन्।
यसैवीच राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ल्होसारका अवसरका शुभकामना दिनुभएको छ । ल्होसारले आपसी सद्भाव, शान्ति र स्थायित्व पु¥याउने उहाँहरुको शुभेच्छा छ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि ल्होसारको शुभकामना दिनुभएको छ।



