उर्जा

नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन


पुस, काभ्रे । नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार अनुगमनमा आएको विभागको टोलीले जिल्लामा सञ्चालित तीन वटै ग्यास उद्योग सञ्चालनमा रोक लगाएकोहो ।

 

बनेपा १० स्थित थापा गाउँमा रहेको सगरमाथा ग्यास उद्योग (सगर ग्यास) सूर्य ग्यास र चण्डेश्वरी ग्यास उद्योग (चण्डी ग्यास) को उत्पादन र विक्रि वितरण गर्न रोक लगाइएको विभागका निर्देशक मनोजकुमार उपाध्यायले अनलाइनखबरलाई जानकारी दिए ।

सरकारको गुणस्तर चिन्ह (एनएस) र सरकारी मापदण्डलाई मिच्दै विग्रिएका पुराना र ग्यास लिक भएका सिलिन्डर बजारमा पठाएको भेटिएको छ । निर्देशक उपाध्यायले भने, ‘नेपाल गुणस्तर चिन्ह समेत छैन, कसरी सञ्चालन हुन्छन/ कसरी चल्छन् अचम्म छ ?’

उता उद्योगीहरुले भने गुणस्तर चिन्ह लिने प्रक्रियामा भएको दाबी गरेका छन् । साथै सरकारी निकायले उद्योग बन्द गर्दा नाकाबन्दीको जस्तै अभाव हुने तर्क गरेका छन् । सगरमाथा ग्यास उद्योगका मालिक अमृत अग्रवाललेे सरकारको नियमलाई मानेर नै अगाडी बढ्दा यस्तो निणर्य गरिनु दुखत् भएको बताए ।

विभागले दुई उद्योग देखेन !

नाप तौल तथा गुणस्तर विभागको टोलीले भने काभ्रेमा सञ्चालनमा रहेका अन्य दुई ग्यास उद्योगमा भने अनुगमन गरेन ।

बनेपा २ नाला बजारमा रहेको उग्रचण्डी ग्यास उद्योग र बनेेपा १३ भैंसीपाटीमा रहेको हिमाल ग्यास उद्योगको अनुगमन विना नै विभागको टोली राजधानी फर्किएको हो ।

शनि, पुस २२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सबैभन्दा ठूलो निजिक्षेत्रको ८६ मेगावाट सोलु दूधकोसी जलविद्युत शुरु

काठमाडौं । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको टर्वाइन घुमाएर ‘वेट टेष्ट’ सुरु भएको छ । स्वदेशी लगानीमा सोलुखुम्बुमा निर्माण सम्पन्न भएको आयोजनाको ‘ड्राइ टेष्ट’ पूरा गरी ‘वेट टेष्ट’ सुरु भएको हो । लामो समयको बाँध, सुरुङ, पेनस्टेक, विद्युतगृहको परीक्षण...

एक मेगावाटको सिमरा सौर्य विद्युत आयोजनाको काम अन्तिम चरणमा

काठमाडौं । अपि पावर कम्पनीले निर्माण गरिरहेको १ मेगावाटको सिमरा सौर्य विद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेकाे छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा निर्माणाधीन सौर्य आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । प्लान्टको सबै काम सकेर आगामी बैशाखभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको अपि पावर कम्पनीका संयोजक...

सेती नदी जलविद्युत आयोजनाको काम ६० प्रतिशत पूरा

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको काम ६० प्रतिशत पूरा भएको छ । प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम आधाभन्दा बढी सकिएको हो । अहिले बाँध, पाइप लाइन र विद्युतगृहका संरचना निर्माणको काम एक साथ अघि बढेको आयोजना प्रमुख लेखनाथ...

सौर्य विद्युत उत्पादनतर्फ बढ्दै

 पछिल्लो समय निजी ऊर्जा उत्पादकहरूको आकर्षण सौर्य विद्युत उत्पादनतर्फ बढ्दै गएको छ । सरकारको मिश्रित ऊर्जाको अवधारणाका कारण सौर्य विद्युत आयोजनाको विकासमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै गएको हो । धमाधम जारी भइरहेका सौर्य विद्युत आयोजनाको अनुमतिपत्रको तथ्यांकले पनि लगानीकर्ताको आकर्षण बढ्दै गएको पुष्टी गर्दछ ।...

आगामी आर्थिक वर्ष भित्रमा १ हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

काठमाडौँ । आगामी आर्थिक वर्ष भित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट १ हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सरकारी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी, रसुवागढी, राहुघाटलगायत आयोजना तथा निजी क्षेत्रले निर्माण गरिरहेका परियोजनाबाट उक्त परिमाणमा बिजुली जोडिनेछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...

बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया सुरु भएको करिब डेढ दशक नाघिसके

काठमाडौं । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया सुरु भएको करिब डेढ दशक नाघिसकेको छ । सिभिल निर्माणको ठेक्कापट्टा भएर शिलन्यास भएकै आज १० वर्ष ५ दिन पुगेको छ । २०६८ साल जेठ ४ गते आयोजनाको शिलन्यास गर्न तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल आयोजनाको...