काठमाडौं : उ
पप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँगको सम्बन्ध सुदृढ हुने दिशामा रहेको बताएका छन्। रिपोर्टस क्लबले नेपाल भारत सम्बन्धका विषयमा गरेको कार्यक्रममा उनले विगत केही महिनादेखि दुई देशबीचमा देखिएको असहजपना अन्त्य भएर सम्बन्ध सुदृढ हुने दिशामा रहेको बताएका हुन्। थापाले संविधान संशोधन मार्फत मधेसी मोर्चाको माग पूरा गरेको विषय नउठाएपनि सरकारको यो कदमपछि सम्बन्ध सदृढ हुने संकेत गरेका हुन्। ‘हामी सबैको साझा प्रयासबाट सम्बन्धमा न्यानोपन विकास भएको छ’ उनले भने ‘असमझदारीको कालो बादल हट्दै गइरहेको छ।’ भारतमा नेपालप्रति स्नेहको कमी नभएको भन्दै थापाले तर त्यो स्नेह र सद्भावलाई ब्यबहारमा उतार्न नसकिएको बताए। ‘भारतको त्यो स्नेह र सद्भावनालाई ब्यबहारमा उतार्न देशभित्रको अवस्था र भारतीय नेतृत्वसँग विश्वासको सम्बन्ध कायम गर्नु अहिलेको चुनौती हो’ उनले भने । भारतमा नेपालको विषयमा केही परसेप्सन छन् भने त्यसलाई हटाएर दुई देशको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्छ थापाले भने।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना
पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय
लेमेन डिस्कोर्स (Lay Discourse)
लेमेन डिस्कोर्स (Lay Discourse) भन्नाले सामान्यतया गैर-विशेषज्ञ वा साधारण
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल

