कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन: बिजुक्छे


भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसको महाधिवेशन पश्चात सरकार परिवर्तन हुने बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा विजुक्छेले कांग्रेसको नेतृत्वमा मधेसवादी, एमाओवादी र अन्य दलसहितको सरकार निर्माण हुने सम्भावना अत्याधिक रहेको बताए ।
हालै गरिएको संविधान संशोधन भारतको दबावमै भएको भन्न्दै नेमकिपा अध्यक्ष विजुक्छेले नेपालमा फेरि सुगौली सन्धीको पुनरावत्ति भएको बताए ।
तराई आन्दोलन संविधान संशोधन गरेर केहि शान्त भएता पनि अब मागहरु एक एक गरिँदै थपिँदै जाने र भारतले इशारा नगरेसम्म शान्त नहुने बताए ।

यसमा तपाइको मत