देशले उठ भन्छ


योगेश बराल

देशले उठ भन्छ
भेषले बोल भन्छ
युगले जाग बोल्छ
हृदय खोलर
तिमि माटो बोक्नु पर्छ
पसिना दाना पुजी बन्नु पर्छ
आँशु हास्नु पर्छ
दुःख साथि बन्नु पर्छ
हृदय खोलेर
तिमले माटो बोक्नु पर्छ
हिमाल मुस्कुराउनु पर्छ
पहाड अटल बन्नु पर्छ
तराइ नागबेली झुल्नु पर्छ
देश उठनु पर्छ
भेष बोल्नु पर्छ
(युग जाग्नै पर्छ)2
हृदय खोलेर
तिमि ले माटो बोक्नु पर्छ
माटो बोक्नु पर्छ

यसमा तपाइको मत